प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ११/१५ पृ. ३२
  • “म राज्यभवनमा जाँदा”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “म राज्यभवनमा जाँदा”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ११/१५ पृ. ३२

“म राज्यभवनमा जाँदा”

लराa नाउँ गरेकी एउटी कलेज छात्रालाई कुनै एउटा धार्मिक सेवामा उपस्थित भएर आफ्नो अनुभवबारे रिपोर्ट लेख्न खटाइयो। तिनले यहोवाका साक्षीहरूकहाँ जान रोजिन्‌ र आफ्नो निबन्धको शीर्षक “म राज्यभवनमा जाँदा” राखिन्‌। लराले साक्षीहरूबारे त्यस्तो भिन्‍नै कुरा के पाइन्‌? तिनले भनेकी थुप्रै कुराहरू मध्ये केही यस प्रकार छन्‌।

केटाकेटी: “सबै केटाकेटी वयस्कसँगै एउटै कोठामा बसेका थिए। म जत्ति पनि चर्चहरूमा धाएको छु ती सबै चर्चहरूमा केटाकेटी आमाबाबुसित नभई आइतबारे स्कूलमा अलग्गै भेला हुन्छन्‌।”

जातीय मेलमिलाप: “चर्चहरूमा साधारणतया विशेष जात र वर्गका सदस्यहरूले भाग लिन्छन्‌। . . . यद्यपि, यहोवाका साक्षीहरू सबै एकैसाथ बसेका थिए। तिनीहरू कुनै गुट बनाएर बसेका थिएनन्‌।”

स्वागत गर्ने स्वभाव: “थुप्रै मानिसहरू आएर मसित कुरा गरे। . . . केहीले त मैले कसैसित बाइबल अध्ययन गरिरहेको छु कि भनेर पनि सोधे। यद्यपि, तिनीहरूले मलाई दबाब दिएजस्तो पटक्कै लागेन। तिनीहरूले . . . निर्णय मेरै हातमा छोडिदिए।”

चन्दा संकलन गरिंदैन: “कसैले पनि चन्दा नउठाएको देख्दा म छक्कै परें। . . . म गएको चर्चहरूमा केटाकेटीहरूको कक्षामा पनि चन्दा उठाइन्थ्यो।”

विश्‍वभरि यहोवाका साक्षीहरूको लगभग ९०,००० मण्डलीहरू छन्‌। तपाईंकै इलाकामा पर्ने कुनै एउटामा गए कसो होला?

[फुटनोट]

a नाउँ परिवर्तन गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने