प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 १/१ पृ. ३२
  • ‘बतास हाम्रो विपरीत हुँदा’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘बतास हाम्रो विपरीत हुँदा’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 १/१ पृ. ३२

‘बतास हाम्रो विपरीत हुँदा’

गालीलको समुद्र डुंगामा पार गर्न खोज्दा येशूका चेलाहरूको अनुभवबारे व्याख्या गर्दै सुसमाचारका लेखक मर्कूसले यस्तो लेखे: “तिनीहरूलाई ख्याउनालाई कष्ट भइरहेको देखेर, किनभने बतास तिनीहरूको विपरीत थियो।” किनारमै हुँदा येशूले तिनीहरूको दुःख देख्नुभयो र चमत्कारपूर्ण ढंगमा पानीमै हिंडेर तिनीहरूकहाँ पुग्नुभयो। उहाँ तिनीहरूको डुंगामा चढनुहुँदा बतास थामिहाल्यो भनी मर्कूस बताउँछन्‌।—मर्कूस ६:४८-५१.

सोही बाइबल लेखकले “ठूलो बतासको हुरी” चलेको अर्को एउटा घटनाबारे बताए। त्यतिबेला येशूले “बतासलाई हप्काउनुभयो, . . . अनि बतास थामियो र ठूलो सन्‍नाटा भयो।”—मर्कूस ४:३७-३९.

हामीले त्यस्तो चमत्कारपूर्ण घटनाहरू हेर्ने सुअवसर नपाए तापनि हामी ती घटनाहरूबाट धेरै कुरा सिक्नसक्छौं। यस कठीन समयमा बाँचिरहेको असिद्ध मानिसहरू भएकाले हामी समस्यारूपी बतासबाट मुक्‍त छैनौं। (२ तिमोथी ३:१-५) कहिलेकाहीं व्यक्‍तिगत समस्याको कारण अत्यन्तै तूफानी बतासरूपी बिचल्ली महसुस गरौंला। तर त्यसबाट बच्ने बाटो छ! येशू यस्तो निमन्त्रणा दिनुहुन्छ: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।”—मत्ती ११:२८.

‘बतास हाम्रो विपरीत’ भएजस्तो देख्दा हाम्रो मनको तूफान ‘थामेको’ महसुस गर्नसक्छौं। कसरी? यहोवा परमेश्‍वरको भरोसायोग्य प्रतिज्ञाहरूमा विश्‍वास गरेर।—तुलना गर्नुहोस्‌ यशैया ५५:९-११; फिलिप्पी ४:५-७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने