प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 २/१ पृ. ३२
  • यहोवाले तपाईंलाई कसरी सम्झनुहुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले तपाईंलाई कसरी सम्झनुहुनेछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 २/१ पृ. ३२

यहोवाले तपाईंलाई कसरी सम्झनुहुनेछ?

“हे मेरो परमेश्‍वर, मलाई सम्झनुहोस्‌।” यसरी नहेम्याहले थुप्रैपल्ट परमेश्‍वरलाई बिन्ती गरे। (नहेम्याह ५:१९; १३:१४, ३१) दुःखकष्टको भुमरीमा पर्दा मानिसहरूले परमेश्‍वरलाई यसरी बिन्ती गर्नु स्वाभाविक कुरा हो।

तर मलाई सम्झनुहोस्‌ भनेर परमेश्‍वरलाई बिन्ती गर्दा मानिसहरूको मनमा के हुन्छ? स्पष्टतया, तिनीहरू परमेश्‍वरले आफ्नो नाउँ सम्झून्‌ भन्‍ने मात्र होइन तर केही कदम पनि चालून्‌ भन्‍ने आशा गर्छन्‌। निस्सन्देह, तिनीहरू पनि येशूसँगै झुण्ड्याइएको अपराधीले जस्तै आशा गर्छन्‌। अर्को अपराधीले जस्तो नभई उक्‍त अपराधीले येशूलाई यस्तो बिन्ती गरे: “तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्‌।” तिनी येशूले आफूलाई सम्झून्‌ भन्‍ने मात्र होइन तर उहाँले केही कदम चाल्नुभएको अर्थात्‌ तिनको पुनरुत्थान गर्नुभएको चाहन्थे।—लूका २३:४२.

परमेश्‍वरले “सम्झनु”-को अर्थ सकारात्मक कदम चाल्नु हो भनेर बाइबलले सधैं औंल्याएको छ। उदाहरणका लागि, १५० दिनसम्म पानी परेर पृथ्वी जलमग्न भएपछि “परमेश्‍वरले नूहलाई सम्झनुभयो . . . परमेश्‍वरले पृथ्वीमा बतास चलाइदिनुभयो, र पानी मत्थर भयो।” (उत्पत्ती ८:१) शताब्दीयौंपछि पलिश्‍तीहरूले अन्धा बनाएर साङलाहरूले बाँधेका शिमशोनले यसरी प्रार्थना गरे: “मलाई याद गर्नुहोस्‌! हे परमप्रभु परमेश्‍वर, मलाई याद गर्नुहोस्‌! हे परमेश्‍वर, मलाई यो एकैपल्ट मात्र शक्‍ति दिनुहोस्‌।” परमेश्‍वरका शत्रुहरूसित बदला लिन सकून्‌ भनेर शिमशोनलाई असाधारण शक्‍ति दिनुभएर यहोवाले तिनलाई सम्झनुभयो। (न्यायकर्त्ता १६:२८-३०) नहेम्याहको कुरा गर्ने हो भने, यहोवाले तिनका प्रयासहरूमाथि आशिष्‌ दिनुभयो र यरूशलेममा साँचो उपासना पुनर्स्थापित भयो।

प्रेरित पावलले यसरी लेखे: “जत्ति कुरा अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो, कि धीरज र धर्मशास्त्रको शान्तिद्वारा हामीलाई आशा होस्‌।” (रोमी १५:४) यहोवाका विश्‍वासी सेवकहरूले विगतमा गरे जस्तै उहाँको इच्छा पूरा गर्ने प्रयास गरेर उहाँलाई सम्झ्यौं भने, यहोवाले हाम्रो दैनिक आवश्‍यकताहरू पूरा गर्नुभएर, परीक्षाहरू सहन मदत गर्नुभएर अनि अभक्‍त मानिसहरूको न्याय गर्नुहुँदा हामीलाई बचाउनुभएर यहोवाले हामीलाई सम्झनुहुन्छ भनी हामी निर्धक्क हुनसक्छौं।—मत्ती ६:३३; २ पत्रुस २:९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने