यहोवाले बहुमूल्य ठान्नुहुने दान
यहोवाका साक्षीहरूको मोजाम्बिकस्थित शाखा कार्यालयले निम्न पत्र प्राप्त गरेको थियो:
“म सात वर्षको केटा हुँ। म प्राथमिक स्कूलमा पढ्दैछु। मैले चल्ला पालेर कमाएको यो पैसा पठाउँदैछु। मैले त्यसलाई १२,००० मेटिकायसमा [एक अमेरिकी डलर] बेचेको थिएँ। मैले पालेको पहिलो चल्लालाई हुर्काएर भाले बनाइदिनुभएकोमा म यहोवालाई धन्यवाद दिन्छु। मैले पठाएको यो उपहार यहोवाको राज्यको काममा प्रयोग गर्नुहोस् भन्ने मेरो इच्छा छ।
“पुनश्च: यो चिठी लेख्न मलाई मेरो बुबाले मदत गर्नुभएको हो।”
कतिपय मानिसहरू प्रशस्त भौतिक साधन भएकाहरूले मात्र यसरी उदारता देखाउन सक्छन् भन्छन्। तथापि, ढुकुटीमा “दुई पैसा चढ़ाएकी” विधवाबारे बाइबलमा दिइएको विवरण पढ्दा उदारता परिमाणमा होइन तर हृदयको उचित झुकाउमा आधारित छ भन्ने कुरा बुझ्नसक्छौं।—लूका २१:१-४.
उपहार जतिसुकै सानो किन नहोस्, प्रेमले ओतप्रोत भएर दिइएको हो भने यहोवाले कदर गर्नुहुन्छ। अनि उहाँको राज्यको निम्ति आफ्नो समय, शक्ति वा भौतिक साधनहरू दिएर उहाँले जस्तै उदारता देखाउनेहरूलाई यहोवा प्रशस्त आशिष् दिनुहुन्छ।—मत्ती ६:३३; हिब्रू ६:१०.