यहोवाप्रति वफादार रहने
वफादारी भन्ने गुण आज निकै दुर्लभ भए तापनि यो साँचो परमेश्वर यहोवाका सेवकहरूको चिनारी हो। वफादार व्यक्ति परीक्षा आइपर्दा ढलपल हुँदैन र समयको दौडान अटल रहन्छ। असल राजा हिजकियाहलाई विचार गर्नुहोस्। बाइबल यसो भन्छ, “यहूदाका सबै राजाहरूमध्येका तिनका पछि आउने अथवा तिनी अघि जाने कुनै पनि तिनीजस्ता भएनन्।” के कुराले हिजकियाहलाई विशिष्ट बनायो? आफ्नो चारैतिर झूटा देव मोलेकका उपासकहरू भए तापनि तिनी ‘यहोवाका भक्त भइरहे।’ हो, हिजकियाह “आफ्नो भक्ति देखाउनमा . . . पछि हटेनन्, औ मोशालाई [यहोवाले] दिनुभएका आज्ञाहरू तिनले पालन गरे।”—२ राजा १८:१-६.
यहोवाप्रति वफादार रहने अर्का व्यक्ति प्रेरित पावल थिए। परमेश्वरलाई सम्पूर्ण प्राणले सेवा चढाउने कुरामा पावलको निरन्तरताबारे मसीही युनानी धर्मशास्त्रमा लिपिबद्ध तिनको सेवकाईको विवरण आफै एउटा जीवन्त साक्षी हो। आफ्नो पार्थिव जीवनको अन्ततिर पावलले आफूबारे यसो भन्न सके: “मैले उत्तम लड़न्त लड़ेको छु, मैले दौड़ सिध्याएको छु, विश्वासलाई बचाइराखेको छु।”—२ तिमोथी ४:७.
वफादार रहने सन्दर्भमा हिजकियाह अनि पावलको कत्ति राम्रो उदाहरण! हाम्रो महान् परमेश्वर यहोवाप्रति वफादार रहँदै हामी पनि तिनीहरूको विश्वास अनुसरण गर्नसकौं।—हिब्रू १३:७.