प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ९/१ पृ. ३२
  • जब मौनताले स्वीकृति दिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जब मौनताले स्वीकृति दिन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ९/१ पृ. ३२

जब मौनताले स्वीकृति दिन्छ

नाजीवादमा धर्मको भूमिकाबारे बिट्रेयल—जर्मन चर्चेज एण्ड हलोकस्ट पुस्तकले कुरा नलुकाईकन घटनालाई प्रस्तुत गरेको छ। उक्‍त पुस्तक अझ जोड दिदैं यसो भन्छ “मसीहीहरू नाजी शासकलाई सहयोग गर्थे। बहुसंख्यक व्यक्‍तिहरूले यहूदीहरूमाथि गरिएको सतावटको विरोध गरेनन्‌। तिनीहरू मौन बसे। तर तिनीहरूको मौनताले नै तिनीहरू दोषी छन्‌ भनेर ठूलो स्वरले चिच्च्याइ चिच्च्याइ बताउँछ।”

तथाकथित मसीहीहरूलाई नाजीवाद प्रति केले आकर्षित गऱ्‍यो? उक्‍त पुस्तक वर्णन गर्छन्‌, हिटलरको “सुव्यवस्थित जर्मन समाजको” सपनाले धेरैलाई आकर्षित गऱ्‍यो। सोही पुस्तक अझै यसो भन्छ: “हिटलरले अश्‍लील साहित्य, वेश्‍यागमन, गर्भपात, समलैंगिता, आधुनिक कलामा प्रस्तुत ‘नाङगोपनको’ विरोध गरे। अनि चार, छ र आठ जना बच्चा पाउने आइमाईहरूलाई कांस्य, रजत र स्वर्ण पदकले पुरस्कृत गर्थे। यसरी तिनीहरूलाई आफ्नै परम्परागत रीतिथितिअनुरूप रहन प्रोत्साहन दिइयो। परम्परागत रीतिथिति रुचाउनेहरूलाई हिटलरको नीति मन पऱ्‍यो। साथै, हिटलरले भर्सेल्स सन्धि उल्लंघन गर्दै सैनिक शासनको प्रस्ताव राखे। हिटलरले जर्मनीका मसीहीहरूलगायत अरू धेरैका लागि राष्ट्रिय समाजवादलाई एउटा आकर्षक विकल्प बनायो।”

तर एउटा समूह भने स्पस्टत: अरूभन्दा भिन्‍नै खडा थिए। बिट्रेयल यस्तो टिप्पणी गर्छ, “यहोवाका साक्षीहरूले हिंसामा संलग्न हुन वा सैन्य बल प्रयोगमा सहभागी हुन इन्कार गरे।” स्पष्टत: यसले गर्दा त्यो सानो समूहमाथि निर्मम आक्रमणहरू भए र धेरै जसो सदस्यहरूलाई यातना शिविरहरूमा हालियो। तथापि, आफूलाई ख्रीष्टको अनुयायी हुँ भनेर दाबी गर्नेहरूले त्यसको विरुद्धमा एक शब्द बोलेनन्‌। पुस्तक अझ अगाडि यसो भन्छ: “क्याथोलिक तथा प्रोटेस्टेन्टहरूले सहानुभूति देखाउनुको सट्टा यहोवाका साक्षीहरूसित वैमनस्यता राखे। साक्षीहरूले पछ्याएको शान्तिको मार्गलाई नभई तिनीहरूले हिटलरको कठोर मूल्य र मान्यतालाई साथ दिए।” निस्सन्देह, तिनीहरूको मौनताले गर्दा नाजी शासकहरूले साक्षीहरूलाई झन्‌ सताउने सहास जुटाए।

नाजी राजनीतिमा चर्चको सहभागिता अझै पनि चर्को विवादको विषय भइरहेको भए तापनि, यहोवाका साक्षीहरूबारे बिट्रेयल यस्तो लेख्छन्‌, “नाजी शासन व्यवस्थालाई समर्थन र सहयोग गर्न इन्कार गर्ने धार्मिक समूह।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने