“एकताको उदाहरण”
यो थियो, ब्राजिल साऊ पाऊलुबाट प्रकाशित हुने इनडाइटुब अखबारको सम्पादकीय टिप्पणीको शीर्षक। कसले त्यस्तो उदाहरण बसाले? लेखक यसरी वर्णन गर्छन्, “ ‘नयाँ राज्यभवन’ आफ्नो उपासनाको थलो वा सभाभवन बनाउने योजनामा कार्यरत यहोवाका साक्षीहरूले सहयोगी भावना र एकताको ज्वलन्त नमुना बसालिरहेका छन् भन्ने कुरालाई नकार्न सकिंदैन।”
यस्ता अवसरहरूमा यहोवाका साक्षीहरूबीचको एकता प्रमाणित हुन्छ। तसर्थ, उक्त लेखले यो कुरा औंल्यायो: “एकै ठाउँमा भेला भएर परमेश्वरको उपासना गर्ने थलो निर्माण गर्न महिला, पुरुष र किशोरकिशोरीहरू स्वयम्सेवकको रूपमा सँगै मिलीजुली राजीखुसीसाथ काम गरिरहेको दृश्य साँच्चै मर्मस्पर्शी छ।”
अरू क्षेत्रहरूमा पनि यहोवाका साक्षीहरूले यस्तै असल उदाहरण बसालेका छन्। सम्पादकीय अझै यसो भन्छ, “अध्ययन गर्नु र प्रार्थना गर्नुका अलावा मद्य तथा लागूऔषधका दुर्व्यसनीहरूलाई सुधार्नु र मानिसहरूलाई एकता अनि प्रेमको मार्ग देखाउनु नै उनीहरूको लक्ष्य हो।” यो लक्ष्य उनीहरू कसरी प्राप्त गर्छन्? बाइबलको शिक्षा हासिल गरेर त्यसका सल्लाहहरू पालन गर्दा गलत कामहरू छाड्न सकिन्छ भनेर साक्षीहरूलाई थाह छ। त्यसैकारण, आफूले बाइबलबाट सिकेका कुराहरू अरूलाई सिकाउन उनीहरू प्रयत्न गर्छन्। सम्पादकीय अन्तमा यसो भन्छ, “यो, संकोच अनि ढिलासुस्ती नगरी अनुकरण गर्नुपर्ने उदाहरण हो।”
यहोवाका साक्षीहरूका सभाहरू निश्शुल्क रूपमा जनसाधारणका लागि खुल्ला छन्। तपाईंलाई पनि पायक पर्ने कुनै पनि राज्यभवनमा भ्रमण गर्न हार्दिक निमन्त्रणा छ।