प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 १/१ पृ. ३२
  • नयाँ सहस्राब्दीको निम्ति शान्ति?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ सहस्राब्दीको निम्ति शान्ति?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 १/१ पृ. ३२

नयाँ सहस्राब्दीको निम्ति शान्ति?

सेप्टेम्बर १४, १९९९ मा पेरिस तथा न्यु योर्क शहरमा शान्ति संस्कृतिको अन्तरराष्ट्रिय वर्ष घोषणा गरिएको थियो। संयुक्‍त राष्ट्रको साधारण सभामा सन्‌ २००० को निम्ति यो घोषणा गरिएको थियो। युनेस्कोका भूतपूर्व महानिर्देशक फेड्रिको मेयरले यस्तो आह्वान गरेका थिए, “विश्‍वभरि शान्ति र अहिंसा फैलाऔं।”

युनेस्कोको यस्तो भनाइ छ, “मानिसहरूको मनबाट नै युद्ध सुरु हुनेभएकोले मानिसको मनमै शान्ति विकास गर्नुपर्छ।” यसअनुरूप संगठनले “शिक्षा, वार्ता र सहयोग[मार्फत]” शान्तिको परिपाटी विकास गर्ने सोचाइ राखेको छ। श्री मेयरले “शान्तिमय वा शान्तिवादी मात्र भएर पुग्दैन तर शान्ति स्थापक हुनुपर्छ” भनेर टिप्पणी गरे।

दुःखको कुरा, सन्‌ २००० लाई शान्तिमय पटक्कै भन्‍न मिल्दैन। सन्‌ २००० लगायत आधुनिक इतिहासका अन्य घटनाहरूले युद्ध र हिंसा रोक्न मानिसले सक्दो प्रयास गरे तापनि असफल भएको प्रस्ट पार्छन्‌।

तथापि, उल्लेखनीय कुरा के छ भने, शान्ति शिक्षासित भने पक्कै सम्बन्धित छ। झन्डै, २,७०० वर्षअघि अगमवक्‍ता यशैयाले यस्तो भविष्यवाणी गरे: “तेरा सबै छोरा–छोरीहरू परमप्रभुबाट सिकाइएका हुनेछन्‌, र तेरा छोरा–छोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।” (यशैया ५४:१३) सोही अगमवक्‍ताले सबै राष्ट्रका मानिसहरू यहोवा परमेश्‍वरको शुद्ध उपासनामा उहाँका तौरतरिकाहरू सिक्न ओइरिरहेको पूर्वझलक देखे। त्यसको नतिजा? “तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्‌। एउटा जातिले अर्को जातिको विरूद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌।” (यशैया २:२-४) यसै भविष्यवाणीअनुरूप यहोवाका साक्षीहरू विश्‍वव्यापी शैक्षिक कार्यक्रममा संलग्न छन्‌ र यसले लाखौं मानिसहरूलाई युद्धको मूल जड राष्ट्रवादी र जातीय घृणामाथि विजय हासिल गर्न सिकाइ सकेको छ।

परमेश्‍वरको राज्यअन्तर्गत युद्ध कहिल्यै हुनेछैन र यसले पृथ्वीमा अनन्त शान्ति र सुरक्षा ल्याउनेछ। (भजन ७२:७; दानियल २:४४) अनि भजनरचयिताका शब्दहरू पूरा हुनेछन्‌: “उहाँले पृथ्वीमा कस्तो उजाड़ पार्नुभएको छ। पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ।”—भजन ४६:८, ९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने