प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ३/१५ पृ. ३२
  • के धर्मले विश्‍वशान्ति ल्याउला?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के धर्मले विश्‍वशान्ति ल्याउला?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ३/१५ पृ. ३२

के धर्मले विश्‍वशान्ति ल्याउला?

सन्‌ २००० अगस्त २८ देखि अगस्त ३१ मा ७३ मुलुकहरूका ५०० भन्दा बढी प्रतिनिधिहरू न्यु योर्क शहरमा भेला भएका थिए। तिनीहरू “धार्मिक तथा आध्यात्मिक नेताहरूको सहस्राब्दी विश्‍व शान्ति सम्मेलनका” लागि संयुक्‍त राष्ट्र संघमा भेला भएका थिए। अनगिन्ती धर्मको प्रतिनिधित्व गर्ने यी नेताहरूमा कोही पगरी लगाएर आएका थिए भने कोही सिन्दूरे वस्त्रमा र कोहीचाहिं टाउकोमा प्वाँख सिउरेका वा लामो कालो जामा लगाएर आएका थिए। यिनीहरूमध्ये कसैको धर्म बहाई त कसैको बौद्ध, हिन्दू, इस्लाम, जैन, यहूदी, शिन्टो, सिक्ख, ताओ, फारसी थियो र मसीहीजगत्‌का धर्मकाहरू पनि थिए।

यी प्रतिनिधिहरू संयुक्‍त राष्ट्र संघमा चार-दिने सम्मेलनको पहिलो दुई दिन भेला भएका थिए। तथापि, उक्‍त सम्मेलन संयुक्‍त राष्ट्र संघद्वारा होइन तर विभिन्‍न संघ संस्थानद्वारा आयोजना गरिएको वा आर्थिक सहयोग दिएर सम्पन्‍न भएको थियो। तथापि, सं.रा.सं. तथा धार्मिक नेताहरू दुवै पक्षले गरिबी, जातिवाद, वातावरणीय समस्याहरू, युद्ध तथा ठूलो परिमाणका हातहतियारहरू हटाउनका लागि एक जुट भएर काम गर्नुपर्ने महत्त्वमाथि जोड दिए।

प्रतिनिधिहरूले “विश्‍वव्यापी शान्तिका लागि प्रतिबद्धता” शीर्षकको दस्तावेजमा हस्ताक्षर गरे। “धर्मकै नाउँमा” हिंसा तथा युद्ध हुने कुरालाई स्वीकार्दै उक्‍त दस्तावेजले हस्ताक्षर गर्नेहरू “शान्ति प्राप्त गर्न संयुक्‍त राष्ट्रलाई सहयोग गर्न” तयार हुनेछन्‌ भनी घोषणा गरेको थियो। तथापि, यो कसरी गरिनेछ, त्यसबारे कुनै निश्‍चित प्रस्तावना भने पारित गरिएको थिएन।

दोस्रो दिन सम्मेलनका महा सचिव बावा जैनले आफ्नो प्रारम्भिक भाषणको अन्तमा आफूले केही वर्षअघि संयुक्‍त राष्ट्रमा एउटा चित्रकला देखेको कुरा वर्णन गरे। उक्‍त चित्रमा संयुक्‍त राष्ट्र सचिवको कार्यालय भवनभन्दा अग्लो मान्छेको चित्र थियो। त्यो मान्छेले त्यस भवनलाई ढोका ढकढकाएजस्तै ढकढकाइरहेको थियो। चित्रमुनि यस्तो टिप्पणी थियो: “शान्तिका राजकुमार।” श्री जैनले यसो भने: “[उक्‍त चित्रले] ममाथि निकै प्रभाव पऱ्‍यो। [यसको] अर्थ के हो भनेर मैले थुप्रैलाई सोधें। मेरो विचारमा मैले आज त्यसको जवाफ पाएको छु। तपाईं संसारका आध्यात्मिक तथा धार्मिक नेताहरू सबै, जो यहाँ उपस्थित हुनुभएको छ, तपाईंहरू मेरोनिम्ति संयुक्‍त राष्ट्र संघको ढोका ढकढक्याउने शान्तिका राजकुमार हुनुहुन्छ।”

तर बाइबलको दृष्टिकोण बेग्लै छ। शान्तिका राजकुमार येशू ख्रीष्ट हुनुहुन्छ भनी बाइबल बताउँछ। उहाँले यस संसारका राजनैतिक वा धार्मिक नेताहरूमार्फत होइन तर परमेश्‍वरको राज्यमार्फत विश्‍व शान्ति ल्याउनुहुनेछ। त्यो राज्य अर्थात्‌ परमेश्‍वरको स्वर्गीय सरकारले आज्ञाकारी मानिसजातिलाई सफलतासाथ एक जुट गराउनुहुनेछ र पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा गर्नेछ।—यशैया ९:६; मत्ती ६:९, १०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने