प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ४/१ पृ. ८
  • भारत—“अनेकतामा एकता”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भारत—“अनेकतामा एकता”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • के यो तपाईंको निम्ति सबैभन्दा राम्रो पेसा हुनसक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • बेथेल सेवा—अझ धेरै स्वयंसेवकहरू आवश्‍यक
    हाम्रो राज्य सेवकाई—१९९५
  • के तपाईं आफूलाई उपलब्ध गराउन सक्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००३
  • असल कामहरू, जुन कहिल्यै बिर्सिइनेछैनन्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ४/१ पृ. ८

राज्य उद्‌घोषकहरूको रिपोर्ट

भारत—“अनेकतामा एकता”

भारतको राष्ट्रिय एकतालाई बुझाउन अक्सर “अनेकतामा एकता” भन्‍ने लोकप्रिय नारा चलाइन्छ। अत्यन्तै विविध संस्कृति, भाषा, धर्म, जातीय पृष्ठभूमि, पहिरन र खाना भएको यस विशाल देशमा एकता कायम राख्नु चानचुने कुरा होइन। तथापि, त्यस्तो एकता भारतस्थित यहोवाका साक्षीहरूको प्रशासनिक कार्यालयमा देखिन्छ। त्यहाँ काम गर्ने स्वयम्‌सेवकहरू थुप्रै राज्य, युनियन इलाकाका छन्‌ र विभिन्‍न भाषा बोल्छन्‌।

• भारतको सुदूर उत्तरपश्‍चिम भाग पंजाबबाट आएकी राजरानीलाई भेट्‌नुहोस्‌। राजरानी स्कूलमै हुँदा तिनकी एक सहपाठीले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालिन्‌। यस सानी केटीले राजरानीको ध्यान पनि बाइबलतिर खिच्न खोजिन्‌। त्यस सहपाठीलाई अंग्रेजी त्यति नआउने र त्यतिबेला प्रहरीधरहरा पंजाबी भाषामा उपलब्ध नभएकोले तिनले पत्रिकाको विषयवस्तु अनुवाद गरिदिन राजरानीलाई अनुरोध गरिन्‌। प्रहरीधरहरा-मा जे जति पढिन्‌ त्यसबाट राजरानी अत्यन्तै प्रभावित हुन थालिन्‌ र आमाबाबुको सतावटको बावजूद यहोवा परमेश्‍वरप्रति आफ्नो जीवन समर्पण गर्ने हदसम्म तिनले उन्‍नति गरिन्‌। तिनी अहिले भारत बेथेलमा सेवा गर्दैछिन्‌। त्यहाँ तिनी, सुरुमा सत्यप्रति आफ्नो आँखा खोलिदिने काम नै गर्दैछिन्‌। हो, तिनी मसीही साहित्यहरू पंजाबी भाषामा अनुवाद गर्छिन्‌!

• भारतको अर्कै क्षेत्र अर्थात्‌ दक्षिणपश्‍चिमी प्रान्त केरालाका बिजोइलाई लिनुहोस्‌। राष्ट्रवादी समारोहहरूमा तटस्थ रहेको कारण बिजोइलाई स्कूलबाट निकालिएको थियो। अदालतमा अत्यन्तै लम्बिएको मुद्दापछि शुद्ध उपासनाको ऐतिहासिक विजय भयो र बिजोइ पुनः स्कूल गए।a तिनी कलेज पनि गए। तथापि, त्यहाँको अनैतिक वातावरणले तिनको अन्तस्करणलाई घोचिरह्‍यो। त्यसैले तिनले पहिलो त्रैमासिकपछि कलेज छोडिदिए। अहिले बेथेलमा काम गरेको १० वर्षपछि उच्च शिक्षा हासिल गरेरभन्दा विविध तर एकताबद्ध बेथेल परिवारको सदस्य भएर बढी लाभ उठाएको तिनले महसुस गरे।

• नर्मा र लिली दुवै ७० वर्ष नाघिसकेका छन्‌ र विधवा भएको धेरै वर्ष भइसक्यो। दुवैले पूर्ण-समय सेवकाईमा ४० वर्षभन्दा बढी बिताइसकेका छन्‌। लिलीले शाखा कार्यालयमा तामिल भाषाको अनुवादकको रूपमा सेवा गरेको झन्डै २० वर्ष भइसक्यो। नर्माचाहिं १३ वर्षअघि आफ्नो पतिका मृत्युपछि बेथेल आएकी थिइन्‌। लगनशील तथा कतर्व्यनिष्ठ कामदारको रूपमा असल उदाहरण हुनुको अलावा उनीहरू सम्पूर्ण बेथेल परिवारलाई एकतामा बाँधिन मदत गर्छन्‌। उनीहरू पाहुनाहरूको सत्कार गर्न पाउँदा खुसी हुन्छन्‌ र आफ्नो लामो मसीही जीवनका अनुभवहरू परिवारका जवान सदस्यहरूलाई बताउँदै तिनीहरूको संगतिको आनन्द उठाउँछन्‌। अनि जवानहरूले उनीहरूलाई आ-आफ्नो कोठामा बोलाउँछन्‌ र आवश्‍यक परेको बेला उनीहरूलाई मदत गर्छन्‌। साँच्चै, कस्तो असल उदाहरण!

कलह र बेमेल ल्याउने मतभिन्‍नताहरूमाथि विजय हासिल गरेर ती स्वयम्‌सेवकहरूले भारतमा एकताबद्ध बेथेल परिवारका सदस्यहरूको हैसियतमा खुसीसाथ अरूको सेवा गरिरहेका छन्‌।—भजन १३३:१.

[फुटनोट]

a नोभेम्बर १, १९८७ अंग्रेजी अंकको प्रहरीधरहरा पृष्ठ २१ हेर्नुहोस्‌।

[पृष्ठ ८-मा भएको चित्रको स्रोत]

Background: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने