प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ६/१ पृ. ३२
  • बाइबल अध्ययन के यो तपाईंको लागि हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल अध्ययन के यो तपाईंको लागि हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ६/१ पृ. ३२

बाइबल अध्ययन के यो तपाईंको लागि हो ?

“पादरीहरूको गैर हाजिरीमा पढ्‌नु हुँदैन।” क्याथोलिकहरूले प्रयोग गर्ने केही बाइबलको पहिलो पन्‍नामा यस्तो चेताउनी लेखिएको पाइन्छ। लस एन्जलसमा क्याथोलिक बाइबल इन्सटिच्युटका के मर्डी भन्छिन्‌: “हामी क्याथोलिकहरूसँग बाइबलको त्यति ज्ञान छैन तर यसमा परिवर्तन हुँदैछ।” क्याथोलिकहरू पवित्र धर्मशास्त्रले जीवनमा कस्तो प्रभाव पार्छ भनी सजग भएपछि मात्र तिनीहरूमा “बाइबलको निम्ति भोक र तृष्णा जाग्नेछ।”

यस परिवर्तनको सन्दर्भमा यु.एस. क्याथोलिक पत्रिकाले एक धार्मिक शिक्षा संयोजकलाई उद्धृत गरेको छ। बाइबल अध्ययन कक्षामा भाग लिएका क्याथोलिकहरूले “आफू बाइबलको ज्ञानबाट वञ्चित भएको र बाइबलमा प्रचुर मात्रामा बहुमूल्य कुरा भएको महसुस गरेका छन्‌। तिनीहरू आफूले गुमाएको केही बहुमूल्य कुरा प्राप्त गर्न चाहन्छन्‌।”

कुरा जेसुकै होस्‌, बाइबलका विद्यार्थीले कस्तो “बहुमूल्य कुरा” भेट्टाउन सक्छन्‌? कल्पना गर्नुहोस्‌: दिनहुँ आइपर्ने फिक्रीहरू कसरी सामना गर्ने, के तपाईं यसबारे जान्‍न चाहनुहुन्छ? परिवारमा तपाईं कसरी शान्ति कायम गर्न सक्नुहुन्छ? आज किन यतिबिघ्न छुच्चो र समाज विद्रोही आचरण व्याप्त छ? आजका जवानहरूमाझ हिंसा बढ्‌नुको कारण के हो? यी तथा अन्य विचारणीय प्रश्‍नका भरपर्दो जवाफ परमेश्‍वरको वचन बाइबलमा पाइन्छ र यो क्याथोलिक वा प्रोटेस्टेन्टका लागि मात्र नभई बौद्ध धर्मावलम्बी, हिन्दू, मुसलमान, शिन्टो, नास्तिकवाद अनि अज्ञेयवादका लागि समेत “बहुमूल्य कुरा” हुनेछ। भजनरचयिताले भनेझैं ‘परमेश्‍वरको वचन खुट्टाको निम्ति बत्ती र तिनको बाटोको निम्ति उज्यालो हुनेछ।’ तपाईंको निम्ति पनि यही कुरा सही हुनसक्छ।—भजन ११९:१०५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने