प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ७/१ पृ. ३१
  • तिनी “अन्तसम्म स्थिर” रहे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनी “अन्तसम्म स्थिर” रहे
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ७/१ पृ. ३१

तिनी “अन्तसम्म स्थिर” रहे

यहोवाका साक्षीहरूको मुख्यालयका नयाँ सदस्यहरूलाई सन्‌ १९९३ मा देखाइएको भिडियो प्रस्तुतिमा लिम्यान एलेक्जेण्डर स्विंगलले यहोवाको सेवाबारे आफ्नो भावना यसरी व्यक्‍त गरेका थिए: “सास छउञ्जेल सेवा गरिरहनुहोस्‌!”a

नब्बे वर्षीय भाइ स्विंगलले अरूलाई दिएको प्रोत्साहनअनुरूप आफैले पनि गरे। तिनी “अन्तसम्म स्थिर” रहे। (मत्ती २४:१३) अस्वस्थ भए तापनि बुधबार मार्च ७ का दिन यहोवाका साक्षीहरूको परिचालक निकायको सभामा तिनी उपस्थित भए, जसको तिनी सदस्य थिए। त्यसपछिको साताको मंगलबार तिनको स्वास्थ्यस्थिति एकदमै नाजुक भयो र मार्च १४ तारिख बिहान ४:२६ बजे डाक्टरले तिनलाई मृत घोषित गरे।

लिम्यान स्विंगलले न्यु योर्क, ब्रूकलिनस्थित यहोवाका साक्षीहरूको मुख्यालयमा अप्रिल ५, १९३० मा आफ्नो सेवा सुरु गरेका थिए। तिनले त्यहाँ लगभग ७१ वर्ष सेवा गरे। भाइ स्विंगललाई सबैभन्दा पहिला किताबहरूको खोल हाल्ने काममा र त्यसपछि छापाखानामा खटाइएको थियो। यसको साथै तिनले मसी बनाउने कोठामा पनि काम गरे। वास्तवमा, मसी बनाउने विभागमा भाइ स्विंगलले जम्माजम्मी २५ वर्ष बिताए। तिनले झन्डै २० वर्षजति मुख्यालयको लेखन विभागको सदस्यको रूपमा पनि सेवा गरे। अनि तिनले आफ्नो जीवनको अन्तिम १७ वर्षचाहिं कोषाध्यक्षको कार्यालयमा सेवा गरे।

भाइ स्विंगल परमेश्‍वरको राज्यको निडर उद्‌घोषक थिए। ब्रूकलिन आएको सुरुसुरुको वर्षतिर तिनी र तिनीसँगै कोठामा बस्ने साथी आर्थर वोर्स्ली साक्षीहरूको डुंगा चढेर हड्‌सन नदी ओहोरदोहोर गर्थे। एम्पलिफायरको मदतद्वारा तिनीहरूले नदीको किनारमा बसोबास गर्ने समुदायहरूलाई राज्य सन्देश प्रसारण गर्न थुप्रै सप्ताहन्त बिताउँथे।

भाइ स्विंगलको जन्म लिङकन, नेब्रास्कामा नोभेम्बर ६, १९१० मा भएको थियो तर चाँडै तिनको परिवार सल्ट लेक सिटी, युटा सरे। त्यहाँ सन्‌ १९१३ मा तिनको आमाबाबु त्यतिबेला बाइबल स्टुडेन्ट्‌सको रूपमा चिनिने यहोवाका साक्षीहरू भए। वर्षौंको दौडान स्विंगल परिवारले साक्षीहरूको ब्रूकलिनस्थित मुख्यालयबाट आएका थुप्रै आगन्तुक वक्‍ताहरूलाई अतिथि सत्कार गरे र यी सबैले लिम्यानमा सकारात्मक प्रभाव पाऱ्‍यो। सन्‌ १९२३ मा १२ वर्षको उमेरमा तिनले परमेश्‍वरप्रतिको आफ्नो समर्पणलाई पानीको बप्तिस्माद्वारा जाहेर गरे।

अविवाहित रहेर २६ वर्षभन्दा बढी ब्रूकलिनमा सेवा गरेपछि जून ८, १९५६ मा क्रिस्टल जर्चरसँग विवाह गर्दा भाइ स्विंगलको जीवन सुनमा सुगन्ध थपियो भनेझैं भयो। तिनीहरू नङ र मासुजस्तै थिए। सन्‌ १९९८ मा क्रिस्टलको मृत्यु हुनुअघिसम्म सेवकाईमा सधैं सँगै जान्थे। झन्डै तीन वर्षअघि क्रिस्टललाई मस्तिष्कघात भएपछि पूर्णतया अशक्‍त भएकी थिइन्‌। भाइ स्विंगलले दिनहुँ तिनको हेरचाह गरेको देख्नु सबैको निम्ति उत्प्रेरणा र समर्पणको राम्रो उदाहरण थियो। विशेष गरी, ह्विलचेरमा बसेर क्रिस्टलले फुटपाथमा बटुवाहरूलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! दिंदै गर्दा भाइ स्विंगलले तिनको ह्विलचेर मायालु ढंगमा गुडाइरहेको दृश्‍य।

भाइ स्विंगल फरासिलो, मायालु व्यक्‍ति थिए र तिनलाई सबैले मन पराउँथे। तिनका आमाबाबु दुवैजस्तै तिनको पनि येशू ख्रीष्टसँगै स्वर्गीय राज्यमा शासन गर्ने बाइबल आधारित आशा थियो, यो आशा अब पूरा भएको छ भनी हामी विश्‍वस्त छौं।—१ थिस्सलोनिकी ४:१५-१८; प्रकाश १४:१३.

[फुटनोट]

a यसको अर्थ जीवनको अन्तिम घडीसम्म आफ्नो काममा सक्रिय हुनु हो।

[पृष्ठ ३१-मा भएको चित्र]

भाइ स्विंगलले मसी बनाउने कोठामा २५ वर्ष काम गरे

[पृष्ठ ३१-मा भएको चित्र]

लिम्यान र क्रिस्टल असाध्यै मिल्थे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने