प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ८/१ पृ. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले दानियललाई अद्‌भुत इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • दानियलको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • दानियलको पुस्तक र तपाईं
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • जाँचिएको—तर यहोवाप्रति वफादार!
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ८/१ पृ. ३१

पाठकहरूका प्रश्‍नहरू

नबूकदनेसरले दूराको मैदानमा निर्माण गरेको ठूलो मूर्तिसामु तीन जना हिब्रूहरूको परीक्षा हुँदा दानियल कहाँ थिए?

बाइबलले यसबारे केही बताएको छैन। त्यसैले, परीक्षाको बेला दानियल कहाँ थिए भनेर कसैले किटान गरेर बताउन सक्दैन।

कसैकसैले शद्रक, मेशक र अबेद्‌नगोको भन्दा दानियलको ओहदा उच्च भएकोले वा नबूकदनेसरबाट विशेष अनुग्रह पाएकोले तिनी दूराको मैदानमा जानु नपरेको हुनसक्छ भन्छन्‌। दानियल २:४९ ले दानियल केही समयको लागि आफ्ना तीन मित्रहरूभन्दा उच्च पदमा थियो भनी संकेत गर्छ। तर यो कारण देखाएर मात्र तिनी अरूसँगै मूर्तिअगाडि भेला हुनुपर्दैनथ्यो भनी हामी प्रमाणित गर्न सक्दैनौं।

दानियल त्यहाँ हाजिर नहुनको कारण बताउने प्रयास गर्दै अरू कतिपयले चाहिं तिनी सरकारी काममा कतै गएका थिए होलान्‌ वा बिरामी परेको कारण उपस्थित हुन सकेनन्‌ होला भनेका छन्‌। तथापि, बाइबलले त्यस्तो केही भन्दैन। कुरा जेसुकै होस, दानियल विरुद्ध आलोचना गर्ने ठाउँ थिएन। यदि हुँदो हो त, ईर्ष्यालु बेबिलोनी अधिकारीहरू तिनीमाथि अभियोग लगाउन पछि पर्ने थिएनन्‌। (दानियल ३:८) यस घटना अघि र पछि दुवै समय दानियलले आफ्नो निष्ठा प्रमाणित गरे अनि जस्तोसुकै परिस्थितिमा परमेश्‍वरप्रति वफादार रहे। (दानियल १:८; ५:१७; ६:४, १०, ११) अतः बाइबलले दानियल दूराको मैदानमा किन उपस्थित थिएनन्‌ भनी नबताए तापनि, तिनी यहोवा परमेश्‍वरप्रति पूर्णतया वफादार थिए भनी हामी विश्‍वस्त हुनसक्छौं।—इजकिएल १४:१४; हिब्रू ११:३३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने