प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 १०/१ पृ. १९
  • भेट्‌न गाह्रोहरूकहाँ पुग्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भेट्‌न गाह्रोहरूकहाँ पुग्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो संगठनतर्फ विद्यार्थीहरूलाई डोऱ्‍याउने
    हाम्रो राज्य सेवकाई—१९९७
  • शिक्षामूलक, उत्प्रेरणादायी र सुदृढ पार्ने सामग्रीहरू
    हाम्रो राज्य सेवकाई—२०००
  • तिनको अग्रसरताले इनाम पायो
    ब्यूँझनुहोस्‌!—२००२
  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 १०/१ पृ. १९

राज्य उद्‌घोषकहरूको रिपोर्ट

भेट्‌न गाह्रोहरूकहाँ पुग्ने

यहोवाका साक्षीहरू सकेसम्म सबैकहाँ राज्य सन्देश पुऱ्‍याउने कोसिस गर्छन्‌। कहिलेकाहीं मात्र घरमा हुने मानिसहरूलाई भेट्टाउन असाधारण प्रयासको खाँचो पर्छ। (मर्कूस १३:१०) यस सन्दर्भमा दक्षिण अमेरिकी देशको एक जना विशेष अग्रगामी सेवक निम्न अनुभव बताउँछन्‌।

“मैले एक दिन म र मेरी श्रीमतीलाई खटाइएको इलाकामा त्यहाँको गभर्नर आउन लागेको कुरा थाह पाएँ। तिनी पक्कै पनि घरमा विरलै हुने व्यक्‍तिहरूमध्ये एक जना भएकोले मैले तिनलाई एउटा पत्र लेखें र साथमा केही बाइबल साहित्यहरू जस्तै, परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका, म्यानकाइन्डस सर्च फर गड (मानिसजातिद्वारा परमेश्‍वरको खोज) र ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक पनि पठाइदिएँ। चिठीमा मैले यी प्रत्येक साहित्यहरूको उद्देश्‍य लेखेको थिएँ।

“साहित्यबारे तिनको प्रतिक्रिया थाह पाउन म उत्सुक भएको कारण तिनीसँग भेट्‌ने आग्रह गरें। केही हप्तापछि मलाई भेट्‌ने समय दिइयो र मैले आफूसँग जेहोभाज्‌ विट्‌नेसेज—द अर्गनाइजेशन बिहाइण्ड द नेम भिडियो पनि लगेको थिएँ। हाम्रो भेट झन्डै दुई घण्टाजति लामो भयो। गभर्नरसँग भिडियो हेरेपछि मैले तपाईंलाई कस्तो लाग्यो भनेर सोधें। तिनले यस्तो उत्तर दिए: ‘यस पृथ्वीमा तपाईंको जस्तो कुनै संगठन छैन। मेरो सरकारी कामहरू पूरा गर्न तपाईंहरूजस्तो मान्छे भए कत्ति राम्रो हुन्थ्यो!’ अनि तिनले म कहिल्यै हाम्रो संगठनको मुख्यालय भ्रमण गर्न गएका छौं भनी सोधे। चौध वर्ष छँदादेखिको त्यो मेरो इच्छा भए तापनि न्यु योर्क, ब्रूकलिनस्थित मुख्यालयमा जान अहिलेसम्म मौका नपाएको कुरा मैले बताएँ। त्यो हासिल गर्न कठिन लक्ष्यहरूमध्ये एउटा थियो। तिनले मलाई एकछिन एकदमै ध्यान दिएर हेरे। त्यसपछि तिनले मलाई त्यो मौका दिन चाहेको कुरा बताए। तिनले हामीलाई त्यहाँ जान आवश्‍यक कागजात सबै मिलाइदिए र हामीलाई उपहारस्वरूप हवाई टिकट दिए!

“अहिले त्यस गभर्नरले नियमित तवरमा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिका प्राप्त गर्छन्‌। तिनीसँग चाँडै बाइबल अध्ययन स्थापना गर्ने आशा छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने