प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 १०/१ पृ. ३२
  • खजूरको रूखबाट पाठ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • खजूरको रूखबाट पाठ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 १०/१ पृ. ३२

खजूरको रूखबाट पाठ

“असाधारण सौन्दर्य।” यसरी एउटा बाइबल विश्‍वकोशले छोहोरा फल्ने रूखको बयान गऱ्‍यो। बाइबलकालीन समयमा र अहिले पनि छोहोराको रूखले इजिप्टको नाइल उपत्यकालाई सुन्दर बनाएको छ र यसले नेगेभ मरुभूमि वरिपरिको मरुद्यानमा सितल छहारी दिन्छ।

छोहोराको रूख अन्य खजूरको रूखजस्तै एकदमै सुरिलो हुन्छ। कुनैकुनै त ३० मिटर अग्लो हुन्छ र १५० वर्षसम्म फल फलाउँछ। हो, छोहोराको रूख हेर्नलाई असाध्यै राम्रो र अत्यन्तै फलदायी पनि छ। हरेक वर्ष यसले थुप्रै झुप्पा छोहोरा फलाउँछ। एउटा झुप्पामा १००० भन्दा बढी छोहोरा हुनसक्छन्‌। छोहोराको रूखबारे एक जना लेखकले यस्तो लेखे: “पसलमा मात्र सुकेको छोहोरा देखेका . . . मानिसहरूले यो फल रूखबाट टिप्ने बित्तिकै खाँदा कत्ति मीठो हुन्छ, त्यो कल्पनै गर्न सक्दैनन्‌।”

त्यसकारण, बाइबलले केही व्यक्‍तिहरूलाई खजूरको रूखसँग तुलना गर्नु उचित थियो। फलदायी खजूरको रूखजस्तै परमेश्‍वरको दृष्टिमा मन पर्ने हुन कुनै पनि व्यक्‍ति नैतिक तवरमा स्वच्छ हुनुका साथै असल फल फलाउने हुनुपर्छ। (मत्ती ७:१७-२०) यसैकारण, सुलेमानको मन्दिर र इजकिएलले दर्शनमा देखेको मन्दिर दुवैको भित्तामा खजूरका रूखहरू कुँदिएका छन्‌। (१ राजा ६:२९, ३२, ३५; इजकिएल ४०:१४-१६, २०, २२) तसर्थ, यहोवालाई स्वीकार्य उपासना चढाउन हामीसँग छोहोराको रूखको जस्तै रहरलाग्दा गुणहरू हुनुपर्छ। परमेश्‍वरको वचनले यसो भन्छ: “धर्मात्माचाहिं खजूरका बोटझैं लहलह हुन्छन्‌।”—भजन ९२:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने