प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ११/१५ पृ. ३२
  • “परमेश्‍वरको राज्यमा भेटौंला”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “परमेश्‍वरको राज्यमा भेटौंला”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ११/१५ पृ. ३२

“परमेश्‍वरको राज्यमा भेटौंला”

“प्यारो साथी! रुपर्ट, आज मलाई मृत्युदण्डको सजाय सुनाइयो। मेरो चिन्ता नगर्नु। तिमी र घरमा बाँकी सबैलाई मेरो धेरैधेरै माया पठाउँदैछु। परमेश्‍वरको राज्यमा भेटौंला।”

यी शब्दहरू, नाजी सिपाहीहरूले जून ८, १९४२ मा गोली ठोकेर मार्नुभन्दा केही समयअघि फ्रेन्ट्‌स ड्रजले लेखेका हुन्‌। तिनलाई किन मृत्युदण्ड दिइयो?

स्लोभेनियाको म्युजियम अफ नेसनल लिबरेशन मारीबोरको अभिलेखअनुसार जर्मनीले कब्जा गरेको स्लोभेनियामा जर्मन अर्धसैनिक टोली वर्मानसाफ्ट-सित काम गर्न यस ३८ वर्षीय लोहारले अस्वीकार गरेका थिए। तिनी बिबेलफोर्शर अर्थात्‌ त्यसबेला सो क्षेत्रमा बाइबल विद्यार्थी भनेर चिनिने यहोवाको साक्षी थिए। यशैया २:४ अनुरूप चल्दै नाजी युद्धलाई समर्थन नगरी तिनले आफूलाई परमेश्‍वरको राज्यको प्रजा भनेर स्पष्टसित चिनाए।—मत्ती ६:३३.

आफ्नो गाउँ टुइमा, फ्रेन्ट्‌स एक जना जोसिलो राज्यको सुसमाचार प्रचारकको रूपमा चिनिन्थे। (मत्ती २४:१४) मे १९४२ मा आफ्नो गिरफ्तार नभएसम्म तिनले थुप्रै कठिनाइको बावजूद अलिकति पनि नसुस्ताइकन सुसमाचार प्रचार गरिरहे।

नाजीहरूले यहोवाका थुप्रै स्लोभेनियाली साक्षीहरूलाई सताउनुसम्मै सताए। आफ्नो धार्मिक विश्‍वासको कारण सबैभन्दा पहिले मृत्युदण्ड पाउनेहरूमध्ये एक फ्रेन्ट्‌स थिए। प्रथम शताब्दीका मसीहीहरू जस्तै तिनलाई पनि यी शब्दहरूले सुदृढ पाऱ्‍यो: “अनेक कष्ट सही परमेश्‍वरको राज्यमा पस्नैपर्छ।” (प्रेरित १४:२२) तिनले लेखेका यी अन्तिम शब्दहरूमा त्यस स्वर्गीय राज्य सरकारको वास्तविकताप्रतिको तिनको विश्‍वास झल्किन्छ, “परमेश्‍वरको राज्यमा भेटौंला।”

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

Franc Drozg: Photo Archive-Museum of National Liberation Maribor, Slovenia; letter: Original kept in Museum of National Liberation Maribor, Slovenia

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने