प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १/१५ पृ. ३२
  • सुकर्मले परमेश्‍वरको महिमा गर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सुकर्मले परमेश्‍वरको महिमा गर्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १/१५ पृ. ३२

सुकर्मले परमेश्‍वरको महिमा गर्छ

आफ्नो भला चालचलन र उदाहरणीय कार्यहरूद्वारा साँचो मसीहीहरूले परमेश्‍वरको महिमा गर्छन्‌। (१ पत्रुस २:१२) इटालीमा हालैका वर्षहरूमा घटेका घटनाहरूबाट यो कुरा स्पष्ट हुन्छ।

सेप्टेम्बर १९९७ मा मार्श र उम्ब्रिया क्षेत्रहरूमा भयानक भूकम्प जाँदा लगभग ९०,००० घरहरू क्षतिग्रस्त भए। यहोवाका साक्षीहरूको समूहले सँगी विश्‍वासी तथा अरूलाई तुरुन्तै मदत गरे। बास बस्न ट्रेलर गाडीहरू, स्लिपिङ ब्याग, स्टोभ, जेनेरेटर तथा अन्य आवश्‍यक सामग्रीहरू उपलब्ध गराइयो। अरूले पनि यी उद्धार कार्यहरूबारे टिप्पणी गरे।

एल सेन्ट्रो अखबारले यस्तो रिपोर्ट गऱ्‍यो: “भूकम्पले असर गरेका क्षेत्रहरूमा उद्धार सामग्री सबैभन्दा पहिला ल्याइपुऱ्‍याउनेहरू [टेरामो प्रान्तको] रोसेटोका यहोवाका साक्षीहरू थिए। . . . समय-समयमा प्रार्थना गर्न एक ठाउँमा भेला हुनुबाहेक यहोवाप्रति विश्‍वासी यी मानिसहरूले जुनसुकै धर्मका दुःखमा परेका मानिसहरूलाई सहायता गर्न हात बटाएर व्यावहारिक ढंगमा काम गर्छन्‌।”

भूकम्पले धेरै असर गरेका शहरहरूमध्ये एउटा नोसेरा उम्ब्राका मेयरले साक्षीहरूलाई यस्तो पत्र पठाए: “नोसेराका जनताहरूलाई गर्नुभएको सहयोगका लागि म तपाईंहरूलाई हार्दिक तथा व्यक्‍तिगत तवरमा धन्यवाद दिन चाहन्छु। सबै नागरिकहरूले पनि यस्तै महसुस गर्छन्‌ भन्‍ने कुरामा म पक्का छु।” त्यसबाहेक, गृह मन्त्रालयले कंग्रेगाट्‌स्योना क्रिस्टीयाना डे टेस्टिमोनी डी जाओभा-लाई (यहोवाका साक्षीहरूको मसीही मण्डली) “उम्ब्रिया र मार्शमा आइपरेको आपत्कालीन परिस्थितिमा गरेको कार्य र लगनशीलताको लागि” प्रशंसाको प्रमाणपत्र तथा पदक दिएर सम्मान गऱ्‍यो।

सन्‌ २००० को अक्टोबरमा इटालीको उत्तरी भागमा अवस्थित पिडमोन्ट क्षेत्रमा भयानक बाढी आयो। त्यहाँ पनि साक्षीहरू उद्धार कार्यको लागि तुरुन्तै खटिहाले। यी असल कार्यहरूको पनि कदर गरियो। पिडमोन्ट क्षेत्रले “बाढी पहिरोको चपेटामा परेका पिडमोन्टका बासिन्दाहरूको सहायताका लागि तिनीहरूले गरेका बहुमूल्य स्वयम्‌सेवक कार्यको लागि” ताम्रपत्र प्रदान गऱ्‍यो।

येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई यस्तो निर्देशन दिनुभयो: “तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्‌, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्‌, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।” (मत्ती ५:१६) यहोवाका साक्षीहरू आफ्ना छिमेकीहरूलाई आध्यात्मिक तथा अन्य तरिकामा फाइदा पुऱ्‍याउने “सुकर्म” गर्दै खुसीसाथ आफ्नो होइन तर यहोवाको महिमा गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने