प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 २/१५ पृ. २३
  • बतासबाट लुक्ने ठाउँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बतासबाट लुक्ने ठाउँ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मिल्दोजुल्दो सामग्री
  • धेरै वर्षसम्म बाँच्ने रूखहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • अगुवाइ गर्नेहरू प्रति आज्ञाकारी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • ‘एल्डरहरूलाई आफूकहाँ बोलाउनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • “परमेश्‍वरको बगालको गोठालो होओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 २/१५ पृ. २३

बतासबाट लुक्ने ठाउँ

युरोपका पर्वतमालामा तपाईंले हतपत ननासिने झाडी देख्न सक्नुहुन्छ, जसलाई हिमाली गुराँस भनिन्छ। प्रायः बाक्लो होचो झाडीमा हुर्कने यो फुच्चे गुराँस जोरसित बहने उच्च हिमाली हावाबाट बच्न जमिन नै छुलाजस्तो गरी गुजुमुज्ज परेको हुन्छ। जोडसित चल्ने कठोर हावाले तापक्रमलाई असाध्यै चिसो बनाएर हावा र माटोलाई सुक्खा बनाइदिन्छ अनि जरा नै उखेल्न खोजेर हिमाली गुराँसको अस्तित्वलाई संकटमा पारिदिन्छ।

अक्सर हिमाली गुराँस चट्टानहरूको चेपमा हुर्किएर हावाबाट नाश हुनदेखि बच्छन्‌। यस्ता चेपहरूमा यथेष्ट मात्रामा माटो नभए तापनि चट्टानका यस्ता चेपहरूले बिरुवालाई जोडसित बग्ने हावाबाट जोगाउनुका साथै पानी सञ्चय गर्न मदत गर्छ। अक्सर वर्षभरि यो गुराँस नदेखिए तापनि गृष्मऋतुमा भने ढकमक्क फुलेका यी चहकिला राता गुराँसहरूले सारा पर्वतमालाको सोभा बढाउँछ।

परमेश्‍वरले “भारदारहरू” नियुक्‍त गर्नुहुनेछ र तिनीहरू प्रत्येक “बतासबाट लुक्ने ठाउँ” हुनेछन्‌ भनी अगमवक्‍ता यशैयाले भविष्यवाणी गरे। (यशैया ३२:१, २) राजा येशू ख्रीष्टको निर्देशनमा यी आध्यात्मिक भारदार वा निरीक्षकहरू तनाउ वा कष्टको समयमा स्थिर चट्टानजस्तै हुनेछन्‌। कष्टको सामना गरिरहनु परेकाहरूलाई तिनीहरूले भरपर्दो आश्रय दिनेछन्‌ र मदत चाहिएकाहरूलाई परमेश्‍वरको वचनबाट सञ्चय गरेको आध्यात्मिक पानी जोगाइराख्न तिनीहरूले मदत गर्नेछन्‌।

कठिन बतासरूपी सतावट, निरुत्साह वा अशक्‍तताजस्ता कुराहरूले मसीहीलाई ठेस पुऱ्‍याउन सक्छ अनि तिनको कुनै लुक्ने ठाउँ छैन भने त्यसले तिनको विश्‍वासलाई कमजोर बनाइदिन्छ। मसीही प्राचीनहरूले तिनको समस्यालाई ध्यानपूर्वक सुनेर, बाइबल आधारित सल्लाह दिएर अनि प्रोत्साहन वा व्यावहारिक मदत दिएर सुरक्षा दिन सक्छन्‌। नियुक्‍त राजा, ख्रीष्ट येशूले जस्तै “तितर-बितर” भएकाहरूलाई तिनीहरू मदत दिन चाहन्छन्‌। (मत्ती ९:३६) अनि झूटो शिक्षाको हावाले क्षताछुल्ल भएकाहरूलाई तिनीहरू मदत दिन चाहन्छन्‌। (एफिसी ४:१४) ठीक समयमा दिइएका यस्ता मदतहरू महत्त्वपूर्ण साबित हुन सक्छन्‌।

मिरियम यसो भन्छिन्‌, “मेरा केही घनिष्ठ मित्रहरूले सच्चाइलाई छोड्‌दा र त्यही समयमा मेरो बुबालाई मस्तिष्क रक्‍तश्राव हुँदा मेरो जीवन निकै पीडादायी अवस्थाबाट गुज्रेको थियो। आफ्नो नैराश्‍य हटाउने प्रयासमा मैले बेग्लै विश्‍वास भएका प्रेमीसित डेटिङ गर्न थालें। मैले आफूलाई अयोग्य महसुस गरेकी हुँदा केही समयपछि नै मण्डलीका प्राचीनहरूलाई मैले सच्चाइ छोड्‌ने निर्णय गरेको कुरा बताएँ किनकि यहोवाले मलाई प्रेम गर्नुहुन्‍न भन्‍ने कुरामा म विश्‍वस्त थिएँ।

“यस्तो निर्णायक घडीमा एक जना दयालु प्राचीनले मलाई, मैले नियमित अग्रगामीको रूपमा सेवा गरेका ती वर्षहरू सम्झाउनुभयो। मेरो विश्‍वासी सेवा उहाँलाई सधैं सराहनीय लागेको कुरा उहाँले बताउनुभयो र उहाँले मलाई यहोवाको प्रेमबारे विश्‍वस्त हुन प्राचीनहरूको मदत स्वीकार्न अनुरोध गर्नुभयो। मैले भोग्नुपरिरहेको आध्यात्मिक आँधीबेह्रीको त्यो निर्णायक घडीमा उहाँहरूको मायालु चासो मेरोलागि ‘लुक्ने ठाउँ’ भयो। एक महिनाभित्रै मैले आफ्नो प्रेमीसितको सम्बन्धलाई तोडें र त्यस बेलादेखि म निरन्तर सच्चाइको बाटोमा हिंडिरहेकी छु।”

सँगी मसीहीहरू आध्यात्मिक तवरमा फस्टाइरहेको देख्दा प्राचीनहरूले इनाम पाएको महसुस गर्छन्‌। आवश्‍यक परेको बेला तिनीहरूलाई सुरक्षा दिइएकोले गर्दा यी सबै सम्भव भयो। अनि यी ‘लुक्ने ठाउँहरूले’ ख्रीष्टको हजार वर्षीय शासनमा पाउने प्रचुर आध्यात्मिक मदतको पूर्वाभास दिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने