प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ३/१ पृ. ३२
  • “अब यसले दुख्छ होला है”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “अब यसले दुख्छ होला है”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ३/१ पृ. ३२

“अब यसले दुख्छ होला है”

के तपाईंले यी शब्दहरू कहिल्यै सुन्‍नुभएको छ? सायद कुनै चिकित्सक वा परिचारिकाले तपाईंलाई औषधी गर्नुअघि यसो भनेका होलान्‌।

दुख्ने डरले गर्दा तपाईंले पक्कै पनि उपचार गर्न इन्कार गर्नुभएन होला। बरु, भविष्यमा आफ्नो स्वास्थ्य राम्रो हुनेछ भनेर तपाईंले दुखाइ सहनुभयो। कहिलेकाहीं, पीडाजनक उपचार गर्ने वा नगर्ने भन्‍ने निर्णयमा जीवन र मृत्यु मुछिएको हुन सक्छ।

हामीलाई सधैं चिकित्सककहाँ जानु नपर्ला तर हामी सबै असिद्ध मानिसहरूलाई अनुशासन वा सुधार भने सधैं चाहिन्छ र यो कहिलेकाहीं पीडाजनक पनि हुन सक्छ। (यर्मिया १०:२३) केटाकेटीलाई अनुशासन चाहिन्छ भनेर जोड दिंदै बाइबल यसो भन्छ: “बालकको हृदयभित्र मूर्खता गाड़िएको हुन्छ, खूब पिटाइले त्यो त्यसबाट पूरै निकालिदिन्छ।”—हितोपदेश २२:१५.

यहाँ उल्लेख गरिएको पिटाइ आमाबाबुको अख्तियारको चिह्न हो। कमै केटाकेटीले मात्र अनुशासन मन पराउँछन्‌ भन्‍ने कुरामा कुनै दुई मत छैन। अनुशासन दिंदा कुनै प्रकारको सजाय पनि दिनुपऱ्‍यो भने त झनै तिनीहरूले त्यसको विरोध गर्न सक्छन्‌। तथापि, बुद्धिमान्‌ तथा मायालु आमाबाबुले आफ्नो बच्चाको चित्त दुख्ला भन्‍ने मात्र विचार गर्दैनन्‌ तर बच्चाको पछिसम्मको हितलाई विचार गर्छन्‌। परमेश्‍वरको वचनमा भनिएको निम्न कुरा सही छ भनी मसीही आमाबाबुलाई थाह छ: “सबै अनुशासन हालको निम्ति मजाको हुँदैन, तर दुःखको हुन्छ, तापनि सहेर परिपक्व भएकाहरूलाई पछिबाट शान्तिको फल, अर्थात्‌ धार्मिकताको फल दिइन्छ।”—हिब्रू १२:११; हितोपदेश १३:२४.

निस्सन्देह, अनुशासन भन्‍ने कुरा केटाकेटीलाई मात्र चाहिंदैन। वयस्कहरूलाई पनि यसको आवश्‍यकता पर्छ। “अर्तीलाई समातिराख्‌ र त्यसलाई कहिल्यै नछोड्‌” भनी बाइबलले वयस्कहरूलाई भनेको छ। (हितोपदेश ४:१३) हो, जवान होस्‌ वा वृद्ध, बुद्धिमान्‌ मानिसले परमेश्‍वरको वचन बाइबलमा आधारित अनुशासन पक्रिराख्नेछ किनभने त्यसो गर्दा अन्ततः तिनको जीवन बच्नेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने