प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ४/१५ पृ. ३२
  • जब भाग्नु बुद्धिमानी हुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जब भाग्नु बुद्धिमानी हुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ४/१५ पृ. ३२

जब भाग्नु बुद्धिमानी हुन्छ

धाक-धक्कु देखाउनु तथा टक्कर लिनु वा प्रलोभनमा फस्नु भनेको आजको संसारको चिनारी नै भइसकेको छ। यस्तो अवस्थाबाट बच्न खोज्ने व्यक्‍तिलाई अरूहरूले कमजोर र डरछेरुवा ठान्छन्‌। उसको गिल्लासमेत गरिन्छ।

तथापि, बाइबलले भाग्नु कहिलेकाहीं बुद्धिमानी र साहसी कदम हुन सक्छ भनेर स्पष्टसित बताएको छ। यस सल्लाहलाई मनमा राख्दै, येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई सेवकाईमा पठाउनुअघि यसो भन्‍नुभयो: “जब तिनीहरूले तिमीहरूलाई यस शहरमा खेद्‌छन्‌ तब अर्कोमा भाग।” (मत्ती १०:२३) हो, येशूका चेलाहरू आफूलाई सताउनेहरूबाट भाग्ने कोसिस गर्नुपर्थ्यो। तिनीहरूले जबरजस्ती अरूको धर्म परिवर्तन गराउन धार्मिक युद्धजस्तो देखिने कुनै पनि कार्य गर्नु ठीक हुनेथिएन। तिनीहरूसँग शान्तिको सन्देश थियो। (मत्ती १०:११-१४; प्रेरित १०:३४-३७) त्यसैकारण, यी मसीहीहरू रिसाउनुको साटो रिसाहा व्यक्‍तिदेखि टाढै बस्न भाग्नुपर्थ्यो। यस प्रकार तिनीहरूले असल अन्तस्करण कायम राख्नुका साथै यहोवासँग पनि गहिरो सम्बन्ध कायम गरे।—२ कोरिन्थी ४:१, २.

यसको ठीक विपरीत किसिमको उदाहरण बाइबलको हितोपदेशको पुस्तकमा पाइन्छ। यसले एक जना जवान मानिसबारे बताउँछ, जो प्रलोभनदेखि भाग्नुको साटो “कसाईखानाको बाटोतिर लागेको गोरुझैं” वेश्‍याको पछि-पछि लाग्यो। नतिजा के भयो? प्रलोभनमा फसेको कारण विपत्तिले उसको मर्म छेड्यो।—हितोपदेश ७:५-८, २१-२३.

तपाईंले पनि यौन अनैतिकतामा फस्ने प्रलोभनको सामना गर्नुपऱ्‍यो वा अरू कुनै सम्भाव्य खतरा आइपऱ्‍यो भने नि? परमेश्‍वरको वचनअनुसार तुरुन्तै त्यस ठाउँलाई छोडेर भाग्नु नै सबैभन्दा उपयुक्‍त कदम हुन सक्छ।—हितोपदेश ४:१४, १५; १ कोरिन्थी ६:१८; २ तिमोथी २:२२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने