प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ५/१ पृ. ८
  • कसरी छोराले बाबुलाई मदत गरे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कसरी छोराले बाबुलाई मदत गरे
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मिल्दोजुल्दो सामग्री
  • येसुको भाइबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • सभामा हाम्रो उपस्थितिले के देखाउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • चाख देखाउने जति सबैलाई मदत गर्नु
    हाम्रो राज्य सेवकाई—१९९३
  • छुडौतीको बलिदानबाट लाभ उठाउन अरूलाई मदत दिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ५/१ पृ. ८

कसरी छोराले बाबुलाई मदत गरे

हालै ३० वर्ष नाघेका बेलाइतका जेम्स गम्भीर मानसिक असक्षमता अनि अटीजम्‌ अर्थात्‌ आफ्नो विचार तथा कुराकानी गर्न गाह्रो हुने अशक्‍तताले पीडित छन्‌। यद्यपि, जेम्सले आफ्नी आमा अनि दिदीसित यहोवाका साक्षीहरूको सभाहरू धाइरहेको वर्षौं भइसक्यो। तथापि, तिनीहरूको विश्‍वासप्रति तिनको बाबुले खासै चासो देखाएका थिएनन्‌। एक साँझ एउटा सभामा ख्रीष्टको मृत्युको स्मरणार्थमा आफूले चिनेका मानिसहरूलाई कसरी निम्त्याउने भनी प्रदर्शनमा देखाइएको थियो। त्यस सभापछि जेम्स तुरुन्तै आफ्नो कोठामा गए। के गर्न लागेको होला भनेर तिनकी आमा पछि-पछि गइन्‌ र तिनले हतार-हतार प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाका पुराना अंकहरू खोज्न थाले। तिनले पत्रिकाको पछाडिको पृष्ठमा स्मरणार्थको निमन्त्रणा छापिएको एउटा पत्रिका छाने अनि हतारिंदै आफ्नो बाबुकहाँ गए। तिनले सबैभन्दा पहिले पत्रिकाको फोटो देखाए र त्यसपछि आफ्नो बाबुलाई देखाएर यसो भने, “तपाईं!” जेम्सले आफ्नो बाबुलाई स्मरणार्थमा निम्तो दिंदैछ भन्‍ने थाह पाउँदा तिनकी आमा र बाबुले अचम्म मान्दै एक अर्काको अनुहार हेरे। तिनको बाबुले आफू उपस्थित हुन सक्ने सम्भावना छ भन्‍ने कुरा बताए।

स्मरणार्थको साँझमा जेम्स आफ्नो बाबुको लुगा राखिएको दराज भएतिर गए अनि एउटा पाइन्ट रोजेर आफ्नो बाबुकहाँ लगे र त्यो लगाउन इशारा गरे। तिनका बाबुले सभा नजाने कुरा बताए। अतः जेम्स अनि तिनकी आमा मात्र राज्यभवन गए।

केही समयपछि आमाले तिनलाई मण्डलीको सभाहरूमा उपस्थित हुनको लागि तयार गरिदिने प्रयास गर्दा जेम्स पटक्कै नमान्‍ने हुन थाले र तिनी आफ्नो बाबुसँगै घरमा बस्न चाहे। एक आइतबार बिहानै आमाले तिनलाई सभा जानको लागि तयारी गरिदिनलाग्दा जेम्सले फेरि पनि आमाको कुरा मान्दैमानेनन्‌। आमालाई अचम्म पार्दै जेम्सको बाबुले जेम्सतिर फर्केर यसो भने, “जेम्स, यदि म आज सभामा गएँ भने, के तिमी पनि जान्छौ त?” जेम्सको अनुहार हँसिलो भयो। जेम्स खुसीले गद्‌गद्‌ भएर हाँस्दै एक्कासी आफ्नो बाबुलाई अंगालो हाले र कराए, “जान्छु!” अनि तीनै जना राज्यभवन सँगै गए।

त्यस दिनदेखि, जेम्सको बाबु आइतबार हुने प्रत्येक सभामा नियमित उपस्थित भए र आफूले उन्‍नति गर्ने हो भने अन्य सभाहरूमा पनि उपस्थित हुनुपर्नेछ भन्‍ने कुरा उनले बुझे। (हिब्रू १०:२४, २५) उनले त्यसै गरे र दुई महिना पछि उनले नियमित तवरमा बाइबल अध्ययन गर्न थाले। आफ्नो जीवनमा छिट्टै आवश्‍यक परिवर्तनहरू गरेर उनले छिटो-छिटो प्रगति गरे अनि केही समयपछि राज्य प्रचार कार्यमा पनि भाग लिन थाले। बाइबल अध्ययन गर्न थालेको एक वर्षपछि, उनले आफ्नो जीवन यहोवामा समर्पित गरे अनि पानीमा डुबेर आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिए। हाल उनी मण्डलीमा सेवकाई सेवकको हैसियतमा सेवा गर्दैछन्‌। अहिले स-परिवार एकताबद्ध भएर यहोवाको सेवा गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने