प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ५/१ पृ. ३२
  • के तपाईं खर्च हिसाब गर्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं खर्च हिसाब गर्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ५/१ पृ. ३२

के तपाईं खर्च हिसाब गर्नुहुन्छ?

येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई अनन्त जीवनको आशा दिनुभयो तर उहाँले तिनीहरूलाई मसीही हुँदा चुकाउनुपर्ने मूल्यबारे विचार गर्न पनि सल्लाह दिनुभयो। यस कुरालाई जोड दिंदै उहाँले यस्तो प्रश्‍न गर्नुभयो: “तिमीहरूमध्ये कसले एउटा धरहरा बनाउने इच्छा गर्दा त्यो सिध्याउने सम्मको खर्च आफूसँग छ कि छैन भनी पहिले बसेर हिसाब गर्दैन?” (लूका १४:२८) यहाँ येशूले कस्तो खर्च हिसाब गर्ने विषयमा कुरा गर्दै हुनुहुन्थ्यो?

सबै मसीहीहरूले नै सतावटको सामना गर्नुपर्छ र ती सतावटहरूमध्ये कुनै-कुनै त एकदमै गम्भीर प्रकारका हुन्छन्‌। (भजन ३४:१९; मत्ती १०:३६) त्यसैकारण, हाम्रोसामु विरोध वा अरू प्रकारका समस्याहरू आउँदा अन्योलमा नपर्नका लागि हामी अहिले देखि नै मानसिक अनि आध्यात्मिक तवरमा तयार हुनुपर्छ। ख्रीष्टको चेला हुँदा पाइने इनाम अर्थात्‌ पाप र मृत्युबाट छुटकारा, वर्तमान रीतिरिवाजले ल्याउने सतावटभन्दा कता हो कता अनमोल छ भनी जानेर हामी यस्ता चुनौतीहरू सहन तयार भइसकेका छौं होला। हो, हामीले परमेश्‍वरको सेवा लगातार गरिरह्‍यौं भने उहाँले हुन दिनुहुने कुनै पनि कुरा, यहाँसम्म कि मृत्युले समेत हामीलाई हानि गर्न सक्दैन।—२ कोरिन्थी ४:१६-१८; फिलिप्पी ३:८.

हाम्रो विश्‍वास कसरी यत्तिको बलियो हुन सक्छ? विशेष गरी दबाउहरूसामु सही निर्णय गर्दा, मसीही सिद्धान्तको पक्षमा दृढ भएर खडा हुँदा अथवा परमेश्‍वरको इच्छाअनुसार चल्दा हाम्रो विश्‍वास अझै बलियो हुन्छ। हाम्रो विश्‍वासी जीवन पद्धतिको कारण व्यक्‍तिगत तवरमा यहोवाबाट आशिष्‌ पाएको महसुस गर्दा हाम्रो विश्‍वास झनै बलियो र गहिरो हुन्छ। यस प्रकार हामी येशू, उहाँका पुरातन चेलाहरू र परमेश्‍वरको सेवा गर्दा चुकाउनुपर्ने मूल्यबारे ‘खर्च हिसाब’ गर्ने सबै विश्‍वासी पुरुष तथा स्त्रीहरूको उदाहरण अनुकरण गर्छौं।—मर्कूस १:१६-२०; हिब्रू ११:४, ७, १७, २४, २५, ३२-३८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने