प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ६/१ पृ. ३०
  • सेप्टुआजिन्टमा टेट्राग्रामाटन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टुआजिन्टमा टेट्राग्रामाटन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ६/१ पृ. ३०

सेप्टुआजिन्टमा टेट्राग्रामाटन

हिब्रु वर्णमालाका चारवटा יהוה (YHWH) व्यञ्जन वर्ण अर्थात्‌ टेट्राग्रामाटनले ईश्‍वरीय नाउँ यहोवालाई संकेत गर्छ। सेप्टुआजिन्ट प्रतिहरूमा टेट्राग्रामाटन उल्लिखित छैन भन्‍ने धेरै पुरानो धारणा थियो। तसर्थ मसीही युनानी धर्मशास्त्रका लेखकहरूले हिब्रू धर्मशास्त्रहरूबाट उद्धरण गर्दा आफ्ना कृतिहरूमा ईश्‍वरीय नाउँ प्रयोग गरेका हुनसक्दैनन्‌ भन्‍ने तर्क गरिएको थियो।

बितेको सयवर्ष भित्र भेट्टिएका थुप्रै अनुसन्धानहरूले सेप्टुआजिन्टमा परमेश्‍वरको नाउँ थियो भनेर स्पष्ट पाऱ्‍यो। एउटा सन्दर्भसामग्रीले यसो भन्छ: “परमेश्‍वरको पवित्र नाउँलाई जस्ताको तस्तै जोगाउने तीब्र चाहनाले गर्दा युनानी यहूदीहरूले हिब्रू भाषाको बाइबललाई युनानीमा अनुवाद गर्दा युनानी पद्यांशहरूको बीच-बीचमा टेट्राग्रामाटनका वर्ण व्यञ्जनहरूलाई हुबहु सारे।”

देब्रेतिर देखाइएको पपाइरसको टुक्रा अहिलेसम्म अस्तित्वमा रहेका केही पपाइरसका अंशहरूमध्ये एउटा नमुना मात्र हो। मिश्रको ओक्सिरिङकसमा भेट्टिएर ३५२२ नम्बर दिइएको यो टुक्रा सा.यु. प्रथम शताब्दीतिरको हो।a यो २.५ इन्च चौडा र ४ इन्च लामो छ र यसमा अय्यूब ४२:११, १२ बाट लिइएको पद्यांश छ। चित्रमा गोलो चिह्न लगाइएको टेट्राग्रामाटन पुरातन हिब्रू अक्षरमै देखिन्छन्‌।b

उसोभए प्राचीन मसीही युनानी धर्मशास्त्रमा त्यो ईश्‍वरीय नाउँ पाइन्थ्यो त? शास्त्रविद्‌ जर्ज हावर्ड यसो भन्छन्‌: “प्राचीन समयको चर्चका धर्मशास्त्रहरू पूर्ण बनाउने युनानी बाइबलका [ सेप्टुआजिन्ट] प्रतिहरूमा टेट्राग्राम अझपनि पाइने हुनाले नयाँ नियमका लेखकहरूले धर्मशास्त्रबाट उद्धरण गर्दा बाइबलका पदावलीहरूबीच टेट्राग्रामाटनलाई पनि जोगाएको हुनुपर्छ भनेर विश्‍वास गर्नु तार्किक हुनेछ।” यसो हेर्दा केही समयपछि प्रतिलिपकहरूले त्यस ईश्‍वरीय नाउँको ठाउँमा किरियोस (परमप्रभु) अनि थेओस (परमेश्‍वर) जस्ता अन्य शब्दहरू प्रयोग गर्न थाले जस्तो देखिन्छ।

[फुटनोटहरू]

a ओक्सिरिङकसमा भेट्टिएका पपाइरसका टुक्राहरूबारे थप जानकारीको लागि फेब्रुअरी १५, १९९२ को वाचटावर पृष्ठ २६-८ सम्म हेर्नुहोस्‌।

b पुरातन युनानी खण्डहरूमा पाइने ईश्‍वरीय नाउँबारे अन्य उदाहरणहरू न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स—विथ रेफरेन्सेस्‌ पुस्तकको एपेन्डिक्स १सी हेर्नुहास्‌।

[पृष्ठ ३०-मा भएको चित्रको स्रोत]

Courtesy of the Egypt Exploration Society

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने