प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ६/१ पृ. ३२
  • “तिनीहरू डुबे”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिनीहरू डुबे”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ६/१ पृ. ३२

“तिनीहरू डुबे”

“गहिरा पानीले तिनीहरूलाई छोपे। तिनीहरू ढुङ्‌गाझैं गहिरामा डुबे।”

लाल समुद्रबाट बचाइँदा र आफुलाई पछ्याउँदै आएका मिश्री शत्रु, फिरऊन तथा तिनका सैनिक शक्‍तिहरूको विनाश हुँदा मोशा र इस्राएलीहरूले उक्‍त शब्दहरूमा गीत गाएर उत्सव मनाए।—प्रस्थान १५:४, ५.

यो सशक्‍त घटनाका प्रत्यक्षदर्शीहरूलाई यसले सिकाएको पाठ सुस्पष्ट थियो। यहोवाको अख्तियारलाई चुनौती दिएर वा त्यसको विरोध गरेर कोही पनि बाँच्न सक्दैन। तथापि, यसको केही महिनापछि नै जिम्मेवारप्राप्त इस्राएलीहरू कोरह, दातान, अबिराम तथा तिनीहरूका २५० जना समर्थकहरूले मोशा र हारूनको ईश्‍वरप्रदत्त अख्तियारलाई खुलेआम चुनौती दिए।—गन्ती १६:१-३.

यहोवाको आज्ञाअनुसार मोशाले इस्राएलीहरूलाई विद्रोहीहरूको पालबाट टाढै बस्ने चेताउनी दिए। दातान र अबिरामका साथै तिनीहरूका परिवारले भने आफ्नो मनोवृति परिवर्तन गरेनन्‌। त्यसपछि, “यी मानिसहरूले परमप्रभुलाई तुच्छ ठानेकानै रहेछन्‌ भनी” यहोवाले आफ्नै तरिकामा व्यक्‍त गर्नुहुनेछ भनेर मोशाले घोषणा गरे। यत्तिनै बेला यहोवाले तिनीहरूको पैतालामुनिको जमिन फटाइदिनुभयो। “आफ्नो सबै कुरासमेत तिनीहरू जिउँदै पातालमा पुरिए। धरती तिनीहरूमाथि बन्द भयो।” कोरह तथा अरू विद्रोहीहरूलाई चाहिं के भयो नि? “परमप्रभुकहाँबाट आगो निस्केर धूप चढ़ाउने ती दुइ सय पचास जनालाई भस्म पाऱ्‍यो।”—गन्ती १६:२३-३५; गन्ती २६:१०.

फिरऊन र तिनका सेनाहरूका साथै उजाडस्थानमा ती विद्रोहीहरू सबै नष्ट भए किनभने तिनीहरूले यहोवाको अख्तियार र आफ्ना जनहरूको मामिलामा उहाँले चासो लिनुहुन्छ भन्‍ने कुरा बुझ्न सकेनन्‌। त्यसकारण आजको डरलाग्दो समयमा यहोवाको सुरक्षा अनुभव गर्नेहरू सबैले यहोवाबारे सिक्नु र “परम प्रधान” तथा “सर्वशक्‍तिमान[को]” रूपमा उहाँको आज्ञा पालन गर्नु अत्यावश्‍यक छ। यसो गरेर तिनीहरूले यहोवाका यी आश्‍वासनदायी वचनहरू मनमा राख्न सक्छन्‌: “एक हजार जना तिम्रो नजीक लोट्‌नेछन्‌, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजीक कोही आइपुग्दैन। तिम्रो आँखाले मात्र त्यो हेर्नेछौ, र दुष्टहरूको प्रतिफल देख्नेछौ। किनकि हे परमप्रभु, तपाईं मेरो शरणस्थान हुनुहुन्छ! तिमीले परम प्रधानलाई आफ्नो बासस्थान तुल्याएका छौ।”—भजन ९१:१, ७-९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने