प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १०/१ पृ. ८
  • राज्यभवनको कदरमा तक्मा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राज्यभवनको कदरमा तक्मा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मिल्दोजुल्दो सामग्री
  • राज्यभवनहरू सबैका लागि खुला छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • हाम्रो उपासनास्थल
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उल्लेखनीय वृद्धिको कारण शीघ्र विस्तारको आवश्‍यकता पर्दछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपासनास्थलको निर्माण तथा हेरविचार
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १०/१ पृ. ८

राज्य उद्‌घोषकहरूको रिपोर्ट

राज्यभवनको कदरमा तक्मा

नल्याण्डको वातावरण मन्त्रालयले सन्‌ २००० लाई “भूदृश्‍य वर्ष”-को रूपमा मनाउने घोषणा गऱ्‍यो। एक जना आयोजकले यसो भने, “भूदृश्‍यलाई वर्षको मूल विषय बनाउनुको मुख्य उद्देश्‍य हाम्रो दैनिक जीवन तथा सुस्वास्थ्यमा हराभरा वातावरणले पार्ने प्रभावबारे जनचेतना जगाउनु हो।”

जनवरी १२, २००१ मा फिनल्याण्डस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा फिनिस एसोसिएसन अफ ल्याण्डस्केपिङ इन्ड्‌स्ट्रिजबाट एउटा पत्र प्राप्त भयो। उक्‍त पत्रमा टिकुरिलास्थित यहोवाको साक्षीहरूको राज्यभवन परिसरको उत्कृष्ट डिजाइन र चिटिक्क मिलाइएको बगैंचाको लागि उक्‍त राज्यभवनलाई भूदृश्‍य वर्ष तक्माद्वारा पुरस्कृत गरिएको कुरा उल्लेख थियो। उक्‍त पत्र अझै यसो भन्छ, “भवन परिसर गर्मी अनि जाडो दुवै मौसममा, सुरम्य अनि विशिष्ट राखिएको थियो।”

उक्‍त तक्मा फिनल्याण्ड, ट्यामपिरीस्थित होटल रोजनडलमा ४०० जना पेसेवर तथा व्यापारीहरू उपस्थित एउटा समारोहमा यहोवाका साक्षीहरूलाई प्रदान गरियो। फिनिस एसोसिएसन अफ ल्याण्डस्केपिङ इन्ड्‌स्ट्रिजले एउटा यस्तो प्रेस विज्ञप्ति पनि जारी गऱ्‍यो: “देशका विभिन्‍न भागमा रहेका यहोवाका साक्षीहरूको राज्यभवनको सुन्दर संरचनालाई कसले पो नकार्न सक्छ र! आफू वरपरको वातावरणलाई हेरचाह गरेर चट्ट राख्दा कुनचाहिं पैदल यात्रुको मन छुदैन र! टिकुरिलास्थित राज्यभवनको सुन्दर बगैंचा एउटा नमुना बगैंचा हो। भवन अनि विस्तृत परिसरले शान्त र सन्तुलित वातावरणको आभाष दिन्छ।”

फिनल्याण्डमा रहेका २३३ वटा राज्यभवनहरूमध्ये धेरैजसोको सुन्दर बगैंचाहरू छन्‌। यद्यपि, ती स्थानहरू बाइबल शिक्षा तथा साँचो उपासनाको केन्द्र भएकाले नै वास्तविक अर्थमा सुन्दर छन्‌। विश्‍वका साठी लाख भन्दा धेरै यहोवाका साक्षीहरूलाई आफ्नो सुव्यवस्थित अनि मर्यादित राज्यभवन अति प्यारो लाग्छ। त्यसैले यसको स्याहार गर्न तिनीहरू तम्सिन्छन्‌। तपाईंको समाजमा रहेका राज्यभवनहरूको ढोका सबैका लागि खुला छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने