प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १०/१ पृ. ३२
  • के तपाईं निश्‍चिन्त हुनुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं निश्‍चिन्त हुनुपर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १०/१ पृ. ३२

के तपाईं निश्‍चिन्त हुनुपर्छ?

अरूले आफूलाई निश्‍चिन्त व्यक्‍तिको रूपमा चिन्‍नु भनेको सम्मानको कुरा हो भनी अधिकांश मानिसहरूले सोच्लान्‌। निश्‍चिन्त व्यक्‍ति लचिलो, शान्त, उदार मनका हुन्छन्‌। तथापि, निश्‍चिन्तताको अर्को पक्ष पनि छ। बाइबल यसो भन्छ: “निर्बुद्धिहरू चाहिं आफ्नै निश्‍चिन्तताले गर्दा नाश हुन्छन्‌।” (हितोपदेश १:३२) यसको अर्थ के हो?

अन्य बाइबल संस्करणहरूले मूल हिब्रू शब्दलाई “लापरवाह” (अमेरिकन स्ट्यान्डर्ड भर्सन), “ढुक्क” (द न्यु अमेरिकन बाइबल) र “आत्म-सन्तुष्टता” (द न्यु इंग्लिस बाइबल) जस्ता अभिव्यक्‍तिहरू चलाएर अनुवाद गर्छन्‌। यस अर्थमा, निश्‍चिन्तता अल्छी तथा लापरवाह अनि निर्बुद्धि वा मूर्खतासँग तुलना गरिएको छ।

प्रथम शताब्दीमा, लाओडिसियाको मण्डलीका मसीहीहरूले आफ्नो आध्यात्मिक कमजोरीलाई बेवास्ता गरे वा त्यसप्रति तिनीहरू आत्म-सन्तुष्ट थिए। गमक्क परेर घमण्ड गर्दै तिनीहरूले ‘हामीलाई केही कुराको खाँचो छैन’ भने। तिनीहरूको मसीही जोस पुनर्जागृत गर्नुपर्ने आवश्‍यकतालाई औंल्याउँदै येशूले तिनीहरूलाई सुधार्नुभयो।—प्रकाश ३:१४-१९.

आत्म-सन्तुष्ट, नूहको समयका मानिसहरूको पनि विशेषता थियो। तिनीहरू सांसारिक कामकुरामा चुर्लुम्मै डुबेका थिए। जस्तै, “मानिसहरू खाइरहेका, र पिइरहेका र विवाह-बारी गरिरहेका थिए, औ जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे।” त्यसपछि येशूले अझ यसो भन्‍नुभयो: “उसैगरी मानिसको पुत्रको आगमन पनि हुनेछ।”—मत्ती २४:३७-३९.

बाइबल भविष्यवाणीहरूको पूर्तिले हामी “मानिसको पुत्र,” येशू ख्रीष्टको “आगमन[को]” समयमा बाँचिरहेका छौं भन्‍ने कुरा संकेत गर्छ। त्यसैकारण हामी कहिल्यै आत्म-सन्तुष्ट, लापरवाही, ढुक्क अर्थात्‌ गलत अर्थमा निश्‍चिन्त नहोऔं।—लूका २१:२९-३६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने