प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ११/१५ पृ. ३२
  • असल नैतिक स्तर प्रवर्धन गर्ने प्रयास

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असल नैतिक स्तर प्रवर्धन गर्ने प्रयास
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ११/१५ पृ. ३२

असल नैतिक स्तर प्रवर्धन गर्ने प्रयास

सन्‌ २००१ को अन्ततिरको कुरा हो, रेडियो मोजाम्बिकको राष्ट्रिय प्रसारण सुनिरहेकाहरूले यस्तो घोषणा सुने:

“गणतन्त्रका प्रधानमन्त्रीले मापुटोस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयको भ्रमण गर्नुभयो। उहाँले यस धार्मिक समूहलाई परिवारहरूको असल नैतिक स्तर उकास्न तथा साक्षरता कार्यक्रममार्फत वयस्कहरूलाई शिक्षा दिने उनीहरूको प्रयासलाई अझ तीव्र बनाउन प्रोत्साहन दिनुभयो। लगभग १०,००० मानिसहरूले यस कार्यक्रमबाट लाभ उठाइसके। प्रधानमन्त्री चिसानोका अनुसार यस देशले अझै पनि सामना गरिरहनुपरेको विद्यमान शैक्षिक समस्याहरू समाधान गर्न यस्ता कार्यक्रमहरूले समाजलाई मूल्यवान्‌ योगदान पुऱ्‍याउने भएकोले यस्ता उत्प्रेरणादायी कदमहरूको सराहना गरिनुपर्छ।

घोषणामा प्रधानमन्त्रीले दिएको भाषणको केही भाग यसरी उद्धरण गरिएको थियो: “धेरै मानिसहरूले पढ्‌न-लेख्न चासो देखाएको हेर्न पाउनु ठूलो प्रोत्साहनको कुरा हो। यसले निजामती क्षेत्रका सदस्यहरूले हामीहरूलाई न्यून साक्षरताको अनुपातमा अझ सुधार ल्याउन मदत गर्नेछ भनेर देखाउँछ। त्यसैकारण, चाहे कुनै पनि भाषामा किन नहोस्‌, म यहोवाका साक्षीहरूलाई आफ्नो साक्षरता कार्यक्रमलाई निरन्तरता दिन प्रोत्साहित गर्न चाहन्छु। सबैभन्दा मुख्य कुरा भनेको साक्षरता होस्‌ र मानिसहरूले सजिलैसित कुराकानी गर्न सकोस्‌ र शैक्षिक क्षेत्रमा अझ धेरैको सहभागिता होस्‌।”

मानिसहरूले परमेश्‍वरको वचन आफैले पढ्‌न सकून्‌ भनेर मोजाम्बिकमा यहोवाका साक्षीहरूले राष्ट्रव्यापी रूपमा ८५० ठाउँहरूमा साक्षरता कक्षा सञ्चालन गरिरहेका छन्‌। यसको अतिरिक्‍त, हरेक हप्ता उनीहरूले लगभग ५०,००० निःश्‍शुल्क गृह बाइबल अध्ययन सञ्चालन गर्छन्‌। यी सबै विश्‍वव्यापी बाइबल शैक्षिक कार्यक्रमको भाग हुन्‌, जुन अहिले २३५ वटा मुलुकमा भइरहेका छन्‌। (मत्ती २४:१४) तपाईं पनि यस कार्यक्रमबाट लाभ उठाउन सक्नुहुन्छ। कृपया कुनै अप्ठ्‌यारो नमानीकन आफ्नो इलाकाका यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने