प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १२/१ पृ. ३२
  • जीवित रहने उत्तम समय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवित रहने उत्तम समय
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १२/१ पृ. ३२

जीवित रहने उत्तम समय

कठिन परिस्थितिको सामना गर्नुपर्दा के तपाईं “अतीतका मीठा क्षणहरूको” चाहना गर्नुहुन्छ? गर्नुहुन्छ भने, बुद्धिमान्‌ राजा सुलेमानका यी शब्दहरू विचार गर्नुहोस्‌: “उहिले उहिलेका दिन अहिलेका भन्दा किन असल थिए भनी नसोध, किनभने त्यो ता मूर्ख सवाल हो।”—उपदेशक ७:१०.

सुलेमानले किन यो सल्लाह दिए? किनभने अतीतबारे सकारात्मक दृष्टिकोण राख्दा त्यसले वर्तमान समयका अप्रिय परिस्थितिहरूको सामना गर्न निकै मदत पुऱ्‍याउँछ भन्‍ने कुरा तिनलाई थाह थियो। तर “अतीतका मीठा क्षणहरू” सम्झनेले ती क्षणहरू पनि वास्तवमा समस्या तथा कठिनाइहरूले भरिएका थिए र त्यतिबेलाको जीवन पनि साँच्चै भन्‍नुपर्दा त्यति अत्युत्तम थिएन भनेर बिर्सिन सक्छन्‌। अतीतका दिनहरूमा केही कुरा राम्रा त कति नराम्रा पनि थिए होलान्‌। सुलेमानले भनेझैं, अतीतलाई मात्र सम्झिरहनु बुद्धिमानी कुरा होइन किनभने हामी समयलाई फर्काउन सक्दैनौं भन्‍ने कुरा स्पष्ट छ।

अतीतका कुराहरू मात्रै सम्झेर त्यसको चाहना गरिरहँदा के कुनै हानि हुन सक्छ? हुन सक्छ। यदि यसले लचिलो र वर्तमान अवस्थाअनुसार छाँटकाँट गर्न अथवा हामी बाँचिरहेको समयको र हाम्रोलागि जुन आशा साँचेर राखिएको छ त्यसको मूल्यांकन गर्नदेखि वञ्चित गराउँछ भने हानि हुन सक्छ।

वास्तवमा भन्‍ने हो भने, संसारमा बढ्‌दो समस्याहरूको बावजुद जीवित रहने उत्तम समय अहिल्यै हो। किन? किनभने हामी पृथ्वीको सन्दर्भमा परमेश्‍वरको उद्देश्‍य पूरा हुने समय र उहाँको राज्यले प्रदान गर्ने शान्तिमय शासनको आशिष्‌ प्राप्त गर्ने समयको नजिकै छौं। बाइबल यस्तो प्रतिज्ञा गर्छ: “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” (प्रकाश २१:४) त्यसपछि अवस्था एकदमै राम्रो हुने भएकोले कसैले पनि “अतीतका मीठा क्षणहरूको” चाहना गर्नुपर्ने कारण हुनेछैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने