प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १२/१ पृ. ८
  • कप्तानको टेबलमा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कप्तानको टेबलमा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मिल्दोजुल्दो सामग्री
  • तपाईं कसको टेबलमा खाँदै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • तपाईंहरूको संस्थापक को हो?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • स्वर्गमा परमेश्‍वरको राज्यको जन्म भयो
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • रसलका लेखहरूको मूल्यांकन गर्ने दुई जना पादरीहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १२/१ पृ. ८

कप्तानको टेबलमा

जहाजभित्र कप्तानको खाना खाने टेबलमा रमाइला व्यक्‍तिहरू, स्वादिष्ठ भोजन र चाखलाग्दो वार्तालापले खाने क्षणलाई मनमोहक बनाइदिन्छ। तर ह्वाइट स्टार लाइनका कप्तान रबर्ट जि. स्मिथको टेबलमा आध्यात्मिक भोज आयोजना गरिएको थियो।—यशैया २५:६.

सन्‌ १८९४ मा जीवनमा पहिलो पटक २४ वर्षको उमेरमा किनक्लुन डन्डी नामक विशाल जहाजको नेतृत्त्व गर्दै रबर्ट विश्‍वभ्रमणमा निक्ले। पछि उनी सिडरिक, सिभिक र रूनिक जस्ता ह्वाइट स्टार जहाजहरूका कप्तान भए।a माथि उल्लिखित जहाजहरूमध्ये एउटा जहाजमा न्यु योर्कबाट इंग्ल्याण्डको लिभरपुलसम्म जाने क्रममा आन्द्र महासागर पार गर्दा रबर्टले चार्ल्स टेज रसललाई कप्तानको टेबलमा खाना खुवाएर अतिथिसत्कार गरे। रसलसितको वार्तालापले रबर्टको बाइबल सन्देशप्रति चासो जाग्यो र उनले अझ बढी सिक्न रसलले दिएको स्टडीज इन द स्क्रिप्चर्स पुस्तक खुसीसाथ स्वीकारे।

रसलले उनलाई पत्राचार गरिरहे फलतः बाइबलको सन्देशमा रबर्टको चासो बढ्यो। आफूले पाएको नयाँ ज्ञान रबर्टले आफ्नी पत्नीलाई पनि बताए। दुवै जनालाई हाल यहोवाका साक्षीहरूको नाउँबाट चिनिने सक्रिय बाइबल स्टुडेन्टस्‌ बन्‍न धेरै समय लागेन। पछि रबर्टले बाइबल भाषणहरू दिने सुअवसर पाए। उदाहरणको लागि अष्ट्रेलियाको ब्रिज्बेनमा उनले “गिलादको मलहम[बारे]” भाषण दिए र बाइबलमा “पृथ्वीका सारा दुःख कष्टहरूको निवारण[को]” सन्देशलाई कसरी समावेश गरिएको छ भनी देखाए। लण्डनमा फर्केर उनकी पत्नी र छोराछोरीले “फोटो ड्रामा अफ क्रिएशन” नामक रसलको टिप्पणीसहितको स्लाइड देखाउन मदत गरे।

रबर्टले आफूले पाएको राज्य सत्यको सम्पदा आफ्ना छोराछोरीलाई पनि सुम्पे। आज पाँच पुस्तापछि कप्तानको टेबलमा प्रस्तुत गरिएको कुराप्रति कृतज्ञता जाहेर गर्दै परिवारका १८ जना सदस्यले सक्रियतासाथ अरूलाई सुसमाचार सुनाउँछन्‌।

आफ्ना प्रकाशन तथा बाइबल शैक्षिक कार्यद्वारा यहोवाका साक्षीहरूले विश्‍वव्यापी रूपमा मानिसहरूलाई बाइबल सन्देश सिकाउन मदत गरिरहेका छन्‌ जुन सन्देशले कप्तान स्मिथको पनि चासो जगाएको थियो। तपाईंहरूले पनि कप्तानको टेबलको त्यो रोचक कुरा प्राप्त गर्न सक्नुहुन्छ।

[फुटनोट]

a उही नाप नक्साबमोजिम बनाइएको टाइटानिक जहाजको कप्तान इ. जे. स्मिथ (कुनै रगतको नाता थिएन) थिए जसको पहिलो यात्रा नै विनाशकारी साबित भयो।

[पृष्ठ ८-मा भएको चित्र]

रोबर्ट जि. स्मिथ

[पृष्ठ ८-मा भएको चित्र]

चार्ल्स टेज रसल

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने