प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १२/१५ पृ. ३२
  • “तीन जना बुद्धिमान्‌ मानिस” तिनीहरू को थिए?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तीन जना बुद्धिमान्‌ मानिस” तिनीहरू को थिए?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १२/१५ पृ. ३२

“तीन जना बुद्धिमान्‌ मानिस” तिनीहरू को थिए?

येशूको जन्म चित्रण गरिएका तस्विरहरूमा साधारणतया तीन जना लामा-लामा लुगा लगाएका मानिसहरू आफ्ना ऊँटहरूसहित डुँडमा सुतिरहेका बालक येशू भएको गोठमा आएको देखाइन्छ। राम्रो पहिरन लगाएका आगन्तुकहरूलाई सामान्यतया तीन जना बुद्धिमान्‌ मानिसहरू भनिन्छ। उनीहरूको विषयमा बाइबलले के बताउँछ?

बाइबलअनुसार ती बुद्धिमान्‌ भनौंदा मानिसहरू “पूर्वबाट” आएका थिए र त्यहीं छँदा तिनीहरूले येशूको जन्मबारे थाह पाएका थिए। (मत्ती २:१, २, ९) यी मानिसहरूलाई यहूदियासम्म यात्रा गर्न निकै समय लागेको हुनुपर्छ। अन्तमा तिनीहरूले येशूलाई भेट्‌दा उहाँ डुँडमै सुतिरहेको नवजात शिशु हुनुहुन्‍नथ्यो। बरु, ती मानिसहरूले “बालकलाई” मरियमको साथमा घरमा भेट्टाए।—मत्ती २:११.

बाइबलले यी मानिसहरूलाई जादुगर अथवा “ज्योतिषीहरू” भनी बताउँछ र तिनीहरू कति जना थिए भनेरचाहिं केही पनि बताएको छैन। दी अक्सफोर्ड कम्पानियन टु द बाइबल यसो भन्छ: “जादु र ज्योतिषविद्याबीचको सम्बन्ध आगन्तुकहरू ताराप्रति आकर्षित हुनुबाट पनि झल्किन्छ, जुन ताराले तिनीहरूलाई बेतलेहेमसम्म डोऱ्‍याएको थियो।” बाइबलले सबै किसिमको जादुगरी र ज्योतिषविद्यामार्फत जानकारी प्राप्त गर्न खोज्ने बेबिलोनी प्रचलनको स्पष्टसित निन्दा गरेको छ।—व्यवस्था १८:१०-१२; यशैया ४७:१३.

यी मानिसहरूलाई जे-जति जानकारी दिइएको थियो, त्यसले सोचेजस्तो खासै केही राम्रो परिणाम ल्याएन। यसले गर्दा दुष्ट राजा हेरोद रिसले चूर भए। फलस्वरूप, यूसुफ, मरियम र येशू मिश्रतिर भाग्नुपऱ्‍यो भने बेतलेहेममा “दुइ वर्ष र त्यसदेखि मनिका बालकहरू” सबैको हत्या गरियो। हेरोदले ज्योतिषीहरूबाट येशूको जन्मबारे ठीक-ठीक समय पत्ता लगाएका थिए। (मत्ती २:१६) तिनीहरूको भ्रमणको कारण उत्पन्‍न भएका समस्याहरूलाई विचार गर्दा, तिनीहरूले देखेको तारा र “यहूदीहरूका राजा भएर जन्मेका” व्यक्‍तिको विषयमा जुन सन्देश सुनाइएको थियो त्यसको स्रोत, येशूलाई मार्न खोज्ने परमेश्‍वरको शत्रु, शैतान अर्थात्‌ दियाबल थियो भन्‍ने निष्कर्षमा पुग्नु व्यावहारिक छ।—मत्ती २:१, २.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने