प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 १/१५ पृ. ३२
  • मारिएका यहोवाका साक्षीहरूको सम्झना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मारिएका यहोवाका साक्षीहरूको सम्झना
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 १/१५ पृ. ३२

मारिएका यहोवाका साक्षीहरूको सम्झना

मार्च ७, २००२ का दिन पश्‍चिमी हंगेरीको कोर्मेन्ड शहरमा स्मृति ताम्रपत्र अनावरण गरिएको थियो। त्यस कार्यक्रममा सन्‌ १९४५ मा नाजीहरूद्वारा हत्या गरिएको यहोवाका तीन जना साक्षीहरूको सम्झना गरिएको थियो।

त्यो ताम्रपत्र त्यतिबेला सार्वजनिक मृत्युदण्ड दिइएको हुन्याडी सडक अर्थात्‌ अहिलेको वारुणयन्त्र कार्यालयको मुख्यालयस्थित भित्तामा टाँसिएको छ। त्यो ताम्रपत्र “मार्च १९४५ मा धार्मिक अडानको कारण मृत्युदण्ड दिइएका मसीहीहरू, आन्टाल होनिक्श (१९११-१९४५), बर्टलान साबो (१९२१-१९४५), यानोश जोस्नोन्डर (१९२३-१९४५), २००२, यहोवाका साक्षीहरूको” सम्झनामा समर्पित गरिएको थियो।

तिनीहरूलाई दोस्रो विश्‍वयुद्ध अन्त हुनुभन्दा दुई महिनाअघि मात्र मृत्युदण्ड दिइएको थियो। यी मसीहीहरू किन मारिए? हंगेरीको एउटा अखबार भास नेपे यसरी बताउँछ: “जर्मनीमा हिटलर सत्तामा आएपछि यहूदीहरू मात्र होइन तर यहोवाका साक्षीहरूलाई पनि सतावट र सास्ती दिनुका साथै यातना शिविरमा राखियो र आफ्नो धार्मिक विश्‍वासलाई त्याग्न इन्कार गरेको खण्डमा उनीहरूलाई मृत्युदण्डसमेत दिइन्थ्यो। . . . मार्च १९४५ मा हंगेरीको पश्‍चिमी भागमा पूर्णतया त्रास छाएको थियो। . . . त्यस त्रासको एउटा पक्ष, यहोवाका साक्षीहरूलाई देश निकाला गर्नु र मार्नु थियो।”

ताम्रपत्र अनावरण कार्यक्रम दुई भागमा छुट्याइएको थियो। कार्यक्रमको पहिलो भाग बाथयान्यी दरबारको नाचघरमा भएको थियो। त्यहाँ भाग लिएका वक्‍ताहरूमध्ये प्राध्यापक साब्लोक जिटा, बुडापेस्टस्थित हलोकस्ट डकुमेन्टेसन सेन्टरका प्रमुख; लाज्लो डोनाथ, मानवअधिकार, अल्पसंख्यक तथा धार्मिक मामिलाको लागि संसदीय समितिका सदस्य र काल्मान कोम्याथी, मृत्युदण्डका प्रत्यक्षदर्शीलगायत अहिले शहरको इतिहाससम्बन्धी विशेषज्ञ पनि थिए। कार्यक्रमको दोस्रो भागमा कोर्मेन्ड शहरका मेयर जोसेफ होन्फीले ताम्रपत्र अनावरण गर्दा ५०० भन्दा बढी मानिसहरू भेला भएका थिए।

साक्षी यानोश जोस्नोन्डरले आफ्नो बिदाइ पत्रमा मसीही भाइबहिनीहरूलाई शोकित नहुन आग्रह गरेका थिए। तिनले यस्तो लेखे: “प्रकाश २:१० मा पाइने यूहन्‍नाका शब्दहरू मैले बिर्सेको छैन: ‘मृत्युसम्मै विश्‍वासी होऊ।’ . . . मेरो घरपरिवार, साथी-सँगी सबैलाई शोकविह्वल नहुन भनिदिनुहोला किनभने म अपराधीको रूपमा होइन तर सच्चाइको खातिर मरें।”

[पृष्ठ ३२-मा भएको चित्र]

बर्टलान साबो

[पृष्ठ ३२-मा भएको चित्र]

आन्टाल होनिक्श

[पृष्ठ ३२-मा भएको चित्र]

यानोश जोस्नोन्डर

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने