प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 २/१५ पृ. ३२
  • “मलाई परमेश्‍वरबारे धेरै कुरा थाह थिएन”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मलाई परमेश्‍वरबारे धेरै कुरा थाह थिएन”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 २/१५ पृ. ३२

“मलाई परमेश्‍वरबारे धेरै कुरा थाह थिएन”

“गत वर्षदेखि यहोवाका साक्षीहरू मलाई भेट्‌न आइरहेका छन्‌ र परमेश्‍वरको राज्यको अद्‌भुत समाचार सुनाउँदैछन्‌। म क्याथोलिक भएको आठ वर्ष भए तापनि मलाई परमेश्‍वरबारे धेरै कुरा थाह थिएन। एक वर्ष भित्रमा मैले धेरै कुरा सिकिसकें,” भनी भारतका केरला निवासी एक पुरुषले लेखे। उनी अझै यसो भन्छन्‌, “प्रहरीधरहरा १३९ [हाल १४६] भाषामा प्रकाशित हुने कुरा थाह पाएर म धेरै खुसी छु। सबै भाषाका मानिसहरूले परमेश्‍वरको सन्देश थाह पाउनु छक्कलाग्दो कुरा हो।”

परमेश्‍वरलाई चिन्‍न असम्भव छ भनी धेरै दार्शनिकहरूले दाबी गरे तापनि परमेश्‍वरलाई चिन्‍न सम्भव छ भन्‍ने कुरालाई प्रेरित पावलले स्पष्ट पारे। एथेन्सवासीहरूमध्ये केहीले “नजानिएका देवताका निम्ति” समर्पित एउटा वेदीको उपासना गर्दै थिए र तिनीहरूको एउटा समूहलाई सम्बोधन गर्ने क्रममा पावलले यसो भने: “यसैले जसको भक्‍ति तपाईंहरू नजानीकन गर्नुहुन्छ उहाँकै विषयमा म तपाईंहरूलाई बताउँछु। जुन परमेश्‍वरले संसार र त्यसमा भएका यावत्‌ थोक बनाउनुभयो . . . उहाँलेनै सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्छ। . . . पृथ्वीको सतहमाथि बास गर्नालाई उहाँले एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो।”—प्रेरित १७:२३-२६.

पावलले आफ्ना श्रोताहरूलाई सृष्टिकर्तालाई चिन्‍नको लागि उहाँको खोजी गर्न आग्रह गरे किनकि “उहाँ हामी हरेकबाट टाढा हुनुहुन्‍न।” (प्रेरित १७:२७) साँचो परमेश्‍वर अनि उहाँका मनमोहक गुणहरू थाह पाउन तपाईंहरूलाई मदत दिन यहोवाका साक्षीहरू खुसी हुनेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने