प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ३/१ पृ. ३२
  • “मैले आफूलाई चाहिएको सबै कुरा पाएँ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मैले आफूलाई चाहिएको सबै कुरा पाएँ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ३/१ पृ. ३२

“मैले आफूलाई चाहिएको सबै कुरा पाएँ”

विश्‍व स्वास्थ्यसंघको रिपोर्टअनुसार हाल विश्‍वभरि १२ करोड मानिसहरूलाई नैराश्‍यले असर गरेको अनुमान गरिएको छ। वर्षेनी दस लाख मानिसले आत्महत्या गर्छन्‌ अनि एकदेखि दुई करोड मानिसले आफ्नो जीवन अन्त गर्ने प्रयास गर्छन्‌। नैराश्‍यबाट पीडित मानिसहरूको लागि कस्तो मदत उपलब्ध छ? चिकित्सा उपचारले पीडा कम गर्न सक्छ साथै भावनात्मक सहयोग पनि अत्यावश्‍यक छ। यसबाहेक, यस्ता समस्या भोगिरहेका कतिपयले यहोवाका साक्षीहरूको बाइबल आधारित प्रकाशनबाट थप मदत पाइरहेका छन्‌ भनेर फ्रान्सबाट प्राप्त निम्न अनुभवले देखाउँछ।

“हालैको कुरा हो, मैले बाँचिरहनुको कुनै अर्थ देखिनँ। म मर्न चाहन्छु भनेर परमेश्‍वरलाई प्रार्थना गरें। मलाई आफू जिउँदो लाश जस्तो लाग्यो। डोऱ्‍याइ खोज्दै मैले यहोवालाई व्यग्र प्रार्थना गरें। मैले २००२ यरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज पढ्‌ने निर्णय गरें र तीन दिनभित्रै पूरै पढेर सिध्याएँ। यसले मलाई निकै प्रोत्साहन दिनुका साथै मेरो विश्‍वास बलियो बनायो।

“मैले प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकामा केही अनुसन्धान गरें र तीन छक परें! मैले यी पत्रिकाहरू नियमित तवरमा पढेको १५ वर्ष भइसक्यो तर ती कत्तिको प्रोत्साहनदायी र रोचक रहेछन्‌ भनेर बुझेकै थिइनँ। ती पत्रिकाहरू प्रेमले भरिएका छन्‌ जुन गुण आजको संसारमा दुर्लभ हुँदै गइरहेको छ। मैले आफूलाई चाहेको सबै कुरा पाएँ।”

बाइबल यसो भन्छ: “टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, र पश्‍चात्तापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।” (भजन ३४:१८) निस्सन्देह, “टुकेका हृदय भएका” वा “पश्‍चातापी मन हुने” सबैले बाइबलबाट प्रोत्साहन र भविष्यको लागि आशा पाउन सक्छन्‌। यहोवाका साक्षीहरूले सान्त्वनाको ईश्‍वर प्रेरित स्रोतबाट मदत चाहिएका सबैलाई बाइबल आधारित प्रकाशनहरू वितरण गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने