प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ४/१ पृ. ३
  • अन्तिम रात्रिभोज यसको अर्थ के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अन्तिम रात्रिभोज यसको अर्थ के हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • प्रभुको भोजले तपाईंको लागि ठूलो अर्थ राख्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • अन्तिम भोज
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • तपाईंले छुटाउन नहुने दिन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • यहोवाका साक्षीहरू किन चर्चहरूभन्दा फरक तरिकामा प्रभुको साँझको भोज मनाउँछन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ४/१ पृ. ३

अन्तिम रात्रिभोज यसको अर्थ के हो?

“अन्तिम रात्रिभोज” भन्‍ने बित्तिकै तपाईंको मनमा कस्तो चित्र आउँछ? धेरैले चित्रकार लियोनार्दो दा भिन्चीले बनाएको इटालीको मिलानमा रहेको एकदमै लोकप्रिय भित्ते चित्रलाई सम्झन्छन्‌ (१४५२-१५१९)। यसो हुनुको खास कारण, कयौं शताब्दी बितिसक्दा पनि चित्रकार, लेखक अनि संगीतकारहरूको लागि अन्तिम रात्रिभोज अझै एउटा लोकप्रिय विषय बनिरहेको छ।

यद्यपि, अन्तिम रात्रिभोज वास्तवमा के हो अनि २१ औं शताब्दीमा बाँचिरहेकाहरूको लागि यसले के अर्थ राख्छ? प्रभुको भोज पनि भनिने अन्तिम रात्रिभोजबारे तपाईंले इन्साइक्लोपीडिया तथा शब्दकोशहरूमा हेर्नुभएमा येशू ख्रीष्टले आफ्नो जीवन बलिदान दिनुअघिको साँझ आफ्ना प्रेरितहरूसित खानुभएको भोजन हो भनी बताएको पाउनुहुनेछ। यो भोज येशूले आफ्ना विश्‍वासी चेलाहरूसित अन्तिम पटक खानुभएको बेलुकीको भोजन भएको हुनाले यसलाई अन्तिम रात्रिभोज भनिंदै आएको छ। अनि प्रभु येशू ख्रीष्ट स्वयम्‌ले नै यो भोज स्थापना गर्नुभएको हुनाले यसलाई प्रभुको भोज भन्‍नु पनि उपयुक्‍त छ।

शताब्दीयौंको दौडान धेरैले आफूलाई सार्थक लागेका कुराहरूको लागि आफ्नो जीवन बलिदान दिएका छन्‌। केही यस्ता मृत्युहरूले एउटा निश्‍चित समयको दौडान केही खास वर्गका मानिसहरूलाई लाभ पुऱ्‍यायो। यद्यपि, येशूको मृत्युसित तुलना गर्दा ती आत्म-त्यागी मृत्युहरू प्रशंसालायक हुन सक्ने भए तापनि कुनै पनि हालतमा येशूको मृत्यु जति अर्थपूर्ण छैनन्‌। यसबाहेक, संकटग्रस्त मानव इतिहासमा आजसम्म दिइएका कुनै पनि बलिदानले यत्तिको सर्वव्यापी अनि चिरकालीन असर गर्न सकेको छैन। आखिर किन?

यी प्रश्‍नहरूको जवाफ पाउन अनि प्रभुको भोजले तपाईंको लागि राख्ने अर्थ पत्ता लगाउनको लागि हामी तपाईंलाई यसपछिको लेख पढ्‌न आमन्त्रित गर्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने