प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ४/१ पृ. ३२
  • तपाईंलाई हार्दिक निमन्त्रणा छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंलाई हार्दिक निमन्त्रणा छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ४/१ पृ. ३२

तपाईंलाई हार्दिक निमन्त्रणा छ

आजभन्दा लगभग २,००० वर्षअघि प्रभु येशू ख्रीष्टले स्थापना गर्नुभएको अन्तिम भोज ऐतिहासिक दृष्टिकोणले मात्र चाखलाग्दो घटना छैन। यसको प्रारम्भदेखि नै यसले मानिसहरूमा बेजोड प्रभाव पार्दै आएको छ। त्यो भोज मनाइएको रात के-कस्ता घटनाहरू घटे भन्‍ने सन्दर्भमा सुसमाचारका विवरणहरूमा पढेका कुराहरूद्वारा प्रभावित भएर धेरै मानिसहरूले प्रभुको भोज विभिन्‍न तरिकामा मनाउने कोसिस गरेका छन्‌।

यस्तो चासो हुनुको कारण हामी बुझ्न सक्छौं किनभने स्वयम्‌ येशू ख्रीष्टले आफ्ना अनुयायीहरूलाई यो उत्सव नियमित रूपमा मनाइरहने आज्ञा दिनुभएको थियो। उहाँले तिनीहरूलाई तोकेरै यसो भन्‍नुभयो: “मेरो सम्झनामा यो गर्नेगर।”—लूका २२:१९; १ कोरिन्थी ११:२३-२५.

निस्सन्देह, यस उत्सवलाई साँच्चै इनामदायी अनुभव बनाउनको लागि मानिसहरूले परमेश्‍वरको वचन, बाइबलमा बताइएअनुसार यस उत्सवको सही अर्थ बुझेकै हुनुपर्छ। यसबाहेक, यो उत्सव कहिले र कसरी मनाउनुपर्छ भन्‍ने सन्दर्भमा बाइबलले के भन्छ त्यसबारे थाह पाउनु पनि महत्त्वपूर्ण छ।

येशूको आज्ञा पालन गर्दै विश्‍वभरिका यहोवाका साक्षीहरू येशूको मृत्युको स्मरणार्थ मनाउन अप्रिल १६, २००३ बुधबारको साँझ एक साथ भेला हुँदैछन्‌। त्यो साँझ, धर्मशास्त्र जाँच्ने र प्रभु येशू ख्रीष्टप्रतिको उनीहरूको विश्‍वास तथा प्रेमलाई नवीकरण गर्ने समय हुनेछ, जसले यसो भन्‍नुभएको थियो: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) येशू ख्रीष्ट र स्वर्गमा बस्नुहुने पिता, यहोवा परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास र प्रेमलाई बलियो बनाउन त्यो साँझ उनीहरूसँगै भेला हुन तपाईंलाई हार्दिक निमन्त्रणा छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने