प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ४/१५ पृ. ३२
  • करुणा कत्तिको महत्त्वपूर्ण छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • करुणा कत्तिको महत्त्वपूर्ण छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ४/१५ पृ. ३२

करुणा कत्तिको महत्त्वपूर्ण छ?

“मानिसमा हुने मनमोहक गुण उसको करुणा हो” भनी बाइबल बताउँछ। (हितोपदेश १९:२२, NW) वास्तवमा करुणाद्वारा उत्प्रेरित दयालु कार्य साँच्चै मनमोहक हुन्छ। तथापि, बाइबलमा बताइएको “करुणा” शब्दले पहिले नै सम्बन्ध कायम भइसकेको; जस्तै: पहिला अरूप्रति गरेको दयाका कार्यहरूमा आधारित दयालाई बुझाउँछ। यसर्थ, यस किसिमको दयामा इमानदार भाव समावेश छ।

यहूदाका राजा योआशले यो मनमोहक गुण विकास गर्न सकेनन्‌। तिनी आफ्नी फुपू र फुपाजु यहोयादाप्रति ऋणी थिए। आफ्नी दुष्ट हजुरआमाले आफूलाई रानी बनाउनुका साथै योआशका सबै दाजुभाइ अर्थात्‌ राजकीय वंशलाई नाश गर्दा योआश एक वर्ष पनि पुगेका थिएनन्‌। यद्यपि, तिनले साना योआशको भने हत्या गर्न सकिनन्‌ किनभने तिनकी फुपू र फुपाजुले तिनलाई राम्ररी लुकाइराखेका थिए। उनीहरूले तिनलाई परमेश्‍वरको व्यवस्था पनि सिकाए। योआश सात वर्षको हुँदा तिनको फुपाजुले आफ्नो प्रधान पूजाहारी पदको अधिकार चलाएर दुष्ट रानीलाई मार्न लगाए अनि योआशलाई राजा बनाए।—२ इतिहास २२:१०–२३:१५.

आफ्नो फुपाजुको मृत्यु नहोउन्जेलसम्म त जवान योआशले असल राजाको हैसियतमा शासन गरे तर पछि तिनी मूर्तिपूजामा लागे। योआशले गरेको धर्मत्याग विरुद्ध चेतावनी दिन परमेश्‍वरले यहोयादाका छोरा जकर्याहलाई पठाउनुभयो। योआशले जकर्याहलाई ढुंगाले हानेर मार्न लगाए। जुन परिवारप्रति तिनी औधी ऋणी थिए त्यै परिवारप्रति कस्तो अकल्पनीय विश्‍वासघात!—२ इतिहास २४:१७-२१.

बाइबल यसो भन्छ: “राजा योआशले जकर्याहका पिता यहोयादाको राजभक्‍तिलाई सम्झेनन्‌, तर तिनका छोरालाई मारे।” मर्ने बेलामा जकर्याहले यसो भनेका थिए: “परमप्रभुले यो देखून्‌ र त्यहीअनुसारको दण्ड देऊन्‌।” जकर्याहले भनेजस्तै योआश सिकिस्त बिरामी परे र आफ्नै सेवकको हातबाट मारिए।—२ इतिहास २४:१७-२५.

राजा योआशजस्तो हुनुको सट्टा यहाँ दिइएको सल्लाह पालन गर्नेहरू सबैको भविष्य उज्ज्वल हुनेछ: “तेरा दृढ विश्‍वास र भक्‍तिले तँलाई कहिल्यै नछोडून, . . . यसरी परमेश्‍वर र मानिसको दृष्टिमा तैंले निगाह र सफलता प्राप्त गर्नेछस्‌।”—हितोपदेश ३:३, ४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने