प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ५/१ पृ. ३२
  • ‘असल विवेक राख्नुहोस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘असल विवेक राख्नुहोस्‌’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ५/१ पृ. ३२

‘असल विवेक राख्नुहोस्‌’

“आफ्नो अन्तस्करणको कुरा सुन्‍नु” भन्‍ने भनाइ अक्सर सुनिन्छ। तर हाम्रो अन्तस्करणले भरपर्दो डोऱ्‍याइ दिने हो भने, यसलाई सही र गलतबारे राम्ररी प्रशिक्षण दिनु आवश्‍यक छ अनि यसको डोऱ्‍याइप्रति हामी सजग हुनै पर्छ।

बाइबलमा उल्लिखित, जक्कै नाउँ गरेका एक जना मानिसको अनुभवलाई विचार गर्नुहोस्‌। यरीहोका बासिन्दा जक्कै महसुल उठाउनेको हाकिम हुनुका साथै एक जना धनी मानिस थिए। जक्कैको आफ्नै भनाइअनुसार तिनले अरूलाई बेइमान गरेर अर्थात्‌ अरूलाई दिनसम्म दुःख दिएर सम्पत्ति कमाएका थिए। दुष्ट काम गरेकोमा के जक्कैलाई तिनको अन्तस्करणले घोच्यो? घोचेकै भए तापनि तिनले त्यसलाई बेवास्ता गरिरहेका थिए भन्‍ने कुरा स्पष्ट छ।—लूका १९:१-७.

तथापि, जक्कैले आफ्नो जीवन शैली केलाएर हेर्नुपर्ने अवस्था सृजना भयो। येशू यरीहो आउनुभयो। पुड्‌के जक्कै, येशूलाई हेर्न चाहन्थे तर भीडले गर्दा देख्नै सकेनन्‌। त्यसैले तिनी अगिअगि दौडेर गए र उहाँलाई राम्रोसित हेर्नको लागि रूखमा चढे। जक्कैको यस्तो तीव्र इच्छाबाट प्रभावित हुनुभएका येशूले तिनलाई उसैको घरमा आउनेछु भन्‍नुभयो। जक्कैले आफ्नो विशिष्ट अतिथिलाई खुसीसाथ सत्कार गरे।

येशूसित सरसंगत गर्दा जक्कैले जे-जति देखे र सुने, त्यसले तिनको हृदय छुनुका साथै तिनी आफ्नो जीवन शैली परिवर्तन गर्न उत्प्रेरित भए। तिनले यसो भने: “हे प्रभु, हेर्नुहोस्‌, म आफ्ना सम्पत्तिको आधा भाग गरीबहरूलाई दिन्छु, औ कोहीबाट अन्याय गरेर केही लिएको छु भने म चार गुणा फिर्ता गरिदिन्छु।”—लूका १९:८.

जक्कैको अन्तस्करणले प्रशिक्षण पायो र तिनले यसै अन्तस्करणको कुरा सुन्‍नुका साथै त्यसैअनुरूप गरे। त्यसको सकारात्मक परिणामले निकै गहिरो असर पाऱ्‍यो। येशूले जक्कैलाई यसो भन्‍नुहुँदा तिनले कस्तो महसुस गरे होलान्‌ कल्पना गर्नुहोस्‌ त: “आज यस घरले उद्धार पाएको छ।”—लूका १९:९.

कस्तो प्रोत्साहनजनक उदाहरण! यसले हाम्रो पुरानो जीवन शैली जस्तोसुकै भए तापनि हामी परिवर्तन गर्न सक्छौं भन्‍ने कुरा देखाउँछ। जक्कैले जस्तै हामी पनि बाइबलमा उल्लिखित येशूका शब्दहरूलाई ध्यान दिएर सही र गलत छुट्याउने हाम्रो क्षमता विकास गर्न सक्छौं। तब भने प्रेरित पावलले आग्रह गरेझैं हामी ‘असल विवेक राख्न’ सक्नेछौं। हामी आफ्नो प्रशिक्षित अन्तस्करणको कुरा सुनेर सही कदम चाल्न सक्छौं।—१ पत्रुस ३:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने