प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ५/१५ पृ. ३
  • एउटा अत्यन्तै रोमाञ्चकारी दैनिकी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटा अत्यन्तै रोमाञ्चकारी दैनिकी
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • नूहको दैनिकी—के यसले हाम्रो लागि केही अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • नुह र जलप्रलयको कथा—के यो मिथ्या मात्र हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • नूहको विश्‍वासले संसारलाई दोषी ठहरायो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • नुहको जहाज
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ५/१५ पृ. ३

एउटा अत्यन्तै रोमाञ्चकारी दैनिकी

अन्वेषक रिचर्ड ई. बर्डले १९२८ देखि १९५६ सम्म पाँच चोटि अन्टार्कटिकाको यात्रा गरे। दैनिकी र यात्राको सही रेकर्डहरूको आधारमा तिनी र तिनको टोलीले वायुको गति पत्ता लगाउन सके, मानचित्र तयार गर्नुका साथै अन्टार्कटिका महाद्वीपबारे निकै जानकारी हासिल गरे।

बर्डको अनुभवले सही रेकर्ड राख्नुको महत्त्वलाई प्रकाश पार्छ। लगबूकमा उडान वा जहाज यात्रा दौडानका सबै विवरण लेखिएको हुन्छ। यो जानकारीको आधारमा के-कस्ता घटना भए भनी पुनरावृत्ति गर्न वा भावी यात्राको लागि मदतकारी हुने जानकारी विश्‍लेषण गर्न सकिन्छ।

धर्मशास्त्रले नूहको दिनमा भएको जलप्रलयबारे अत्यन्तै रोमाञ्चकारी विवरण दिन्छ। त्यो विश्‍वव्यापी जलप्रलय एक वर्षभन्दा लामो समयसम्म रह्‍यो। त्यस जलप्रलयको तयारीमा नूह, तिनकी पत्नी र तिनीहरूका तीन छोरा र बुहारीहरूले झन्डै ५० वा ६० वर्ष लगाएर जहाज बनाए। त्यो जहाज लगभग ४०,००० घन मिटर घनत्व भएको विशाल थियो। यसको उद्देश्‍य? जलप्रलयको बेला केही मानव र पशुपंक्षीको जगेर्ना गर्नु थियो।—उत्पत्ति ७:१-३.

त्यसकारण भन्‍ने हो भने, बाइबलको उत्पत्तिको पुस्तकमा भएका विवरणहरू नूहको दैनिकी पनि भन्‍न सकिन्छ किनभने यसमा जलप्रलयको सुरुदेखि नूहको परिवारले जहाज नछोडुन्जेल के-के भयो सबै लिपिबद्ध गरिएको छ। के यसमा आज हाम्रो लागि पनि केही उल्लेखनीय कुरा पाइन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने