प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ५/१५ पृ. ३२
  • अनन्त जीवन रोज्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अनन्त जीवन रोज्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ५/१५ पृ. ३२

अनन्त जीवन रोज्नुहोस्‌

अहिलेजति छनौटहरू पहिला धेरैजसोले कहिल्यै गर्नुपरेको थिएन। उदाहरणका लागि, हाम्रो लुगाफाटा, भोजन, कहाँ काम गर्ने र कहाँ बस्ने इत्यादि अक्सर छनौटको कुरा हो। संसारको थुप्रै भागमा आफ्नो जीवनसाथी रोज्ने चलन पनि सामान्य भइसक्यो। तथापि, एउटा छनौट भने अत्यन्तै विशेष छ र यो सबै मानिसजातिको लागि उपलब्ध छ।

बाइबल यसो भन्छ: “धार्मिकतामा लाग्ने मानिसले जीवन पाउँछ, तर दुष्टताको पछि लाग्ने मानिस मृत्युमा पर्छ।” (हितोपदेश ११:१९) अनि येशू ख्रीष्टले यस्तो घोषणा गर्नुभयो: “अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।”—यूहन्‍ना १७:३.

हो, हाम्रो सृष्टिकर्ताले हामीलाई अनन्त जीवनतर्फ डोऱ्‍याउने मार्ग छान्‍ने सुअवसर प्रदान गर्नुभएको छ! अनन्त जीवन पाउन हामीले के गर्नुपर्छ?

बाइबलअनुसार “धार्मिकतानै जीवनको बाटो हो।” (हितोपदेश १२:२८) हामी अनन्त जीवनको मार्गमा लागेका धार्मिक मानिसहरूमध्ये हुन सक्छौं। कसरी? आफ्नो जीवन परमेश्‍वरको इच्छा र आज्ञाअनुसार छ या छैन पक्का गरेर। (मत्ती ७:१३, १४) अतः हामी सही निर्णय गरौं र परमेश्‍वरबाट अनन्त जीवनको आशिष्‌ पाऔं।—रोमी ६:२३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने