प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ७/१ पृ. ३
  • प्रेम अपरिहार्य छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेम अपरिहार्य छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंलाई माया गर्ने परमेश्‍वरलाई माया गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • आफ्नो छिमेकीलाई माया गर्नुको अर्थ के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • प्रेमले उन्‍नति गराउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • तपाईंको प्रेम कत्तिको व्यापक छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ७/१ पृ. ३

प्रेम अपरिहार्य छ

जुनसुकै उमेर, संस्कृति, भाषा र जातका मानिसहरू होऊन्‌, सबै जना प्रेमका भोका हुन्छन्‌। यो भोक मेटिएन भने तिनीहरू खुसी हुँदैनन्‌। एक जना चिकित्सा अनुसन्धाताले यस्तो लेखे: “हामी बिरामी हुनु र निको हुनु, खुसी हुनु र दुःखी हुनु, कष्ट भोग्नु र मुक्‍त हुनुमा प्रेम र आत्मीयताले निर्णायक भूमिका खेल्छ। यदि कुनै नयाँ औषधीको त्यस्तो असर हुँदो हो त सबै देशका डाक्टरहरूले बिरामीहरूलाई त्यही औषधी दिने थिए। त्यो औषधी नदिनु डाक्टरको पक्षमा लापरवाही हुनेछ।”

यद्यपि, आधुनिक समाज र विशेष गरी सञ्चार माध्यम तथा प्रख्यात आदर्शहरूले मानिसलाई चाहिने न्यानो, मायालु सम्बन्धहरूभन्दा धन, शक्‍ति, नाउँ र यौनलाई बढी महत्त्व दिन्छन्‌। थुप्रै शिक्षाविद्‌हरूले पनि सांसारिक लक्ष्य तथा पेसालाई बढी जोड दिन्छन्‌ र यसैको आधारमा मानिसलाई सफल वा असफल ठान्छन्‌। हो, शिक्षा तथा आफ्नो सीप तिखार्नु महत्त्वपूर्ण छ तर आफ्ना साथीभाइ र परिवारलाई अलिकति पनि समय नदिई के पूरै त्यसमा मात्र व्यस्त हुनु राम्रो हो? मानिसहरूको स्वभावबारे गहिरो अध्ययन गरेका चतुर अनि शिक्षित पुरातन लेखकले, दक्ष तर प्रेमरहितको व्यक्‍ति “हल्ला र फोस्रो आवाज गर्ने घण्टा, कि झ्याली” जस्तै हुन्छ भने। (१ कोरिन्थी १३:१) त्यस्ता मानिसहरूले धन र नाउँ त कमाउलान्‌ तर तिनीहरू वास्तवमै सुखी भने हुँदैनन्‌।

मानिसहरूलाई राम्ररी बुझ्नुका साथै तिनीहरूलाई असाध्यै माया गर्ने येशू ख्रीष्टले परमेश्‍वर र छिमेकीप्रतिको प्रेमलाई आफ्नो शिक्षाको प्रमुख विषय बनाउनुभयो। उहाँले यसो भन्‍नुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू। . . . तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।” (मत्ती २२:३७-३९) यी शब्दहरू पालन गर्ने मानिसहरू मात्र येशूका साँचो अनुयायीहरू हुनेछन्‌। यसर्थ, उहाँले यसो भन्‍नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।”—यूहन्‍ना १३:३५.

तर आजको संसारमा प्रेम कसरी खेती गर्न सकिन्छ? आमाबाबुले आफ्ना छोराछोरीलाई प्रेम गर्न कसरी सिकाउन सक्छन्‌? यसपछिको लेखले यी प्रश्‍नहरूको जवाफ दिनेछ।

[पृष्ठ ३-मा भएका चित्रहरू]

जताततै लोभ व्याप्त भएको संसारमा प्रेम खेती गर्नु चुनौतीपूर्ण छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने