प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ७/१ पृ. ३२
  • तिनीहरूलाई के भयो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूलाई के भयो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ७/१ पृ. ३२

तिनीहरूलाई के भयो?

कुनै समय मिश्रका प्रख्यात राजधानीहरू मेमफिस र थेबेसका बाइबलीय नाउँहरू नोप र नो हुन्‌। नोप (मेमफिस) नील नदीको पश्‍चिमपट्टि पर्ने काइरोको त्यस्तै २३ किलोमिटर टाढा दक्षिणमा पर्थ्यो। तथापि समयको अन्तरालमा मेमफिसले मिश्रको राजधानीको रूपमा आफ्नो प्रतिष्ठा गुमायो। सा.यु.पू. १५ औं शताब्दीको सुरुतिर मेमफिसदेखि लगभग ५०० किलोमिटर दक्षिणमा अवस्थित नो, (थेबेस) मिश्रको नयाँ राजधानी भयो। भग्नावशेषमा परिणत भएका थेबेसका थुप्रै मन्दिरहरूमध्ये एक कर्नाक हो र यो खाँबोहरूले बनाइएको सबैभन्दा ठूलो संरचना मानिन्छ। थेबेस तथा यसको कर्नाक मन्दिर मिश्रीहरूको प्रमुख देवता, अमोनको उपासनामा समर्पित थियो।

मेमफिस र थेबेसबारे बाइबलमा कस्तो भविष्यवाणी गरिएको थियो? मिश्रका फिरऊन र त्यसका देवताहरू, त्यसमा पनि विशेष गरी तिनीहरूको प्रमुख देवता, “नोको अमोन” विरुद्ध न्यायदण्ड ल्याउने घोषणा गरिएको थियो। (यर्मिया ४६:२५, २६, नयाँ संशोधित संस्करण) उपासनाको लागि त्यहाँ घुइँचो लाग्ने भीडहरू “नष्ट” हुने थिए। (इजकिएल ३०:१४, १५) अनि नभन्दै त्यस्तै भयो। अमोनको उपासनासित सम्बन्धित बाँकी रहेको कुरा भनेको मन्दिरका भग्नावशेषहरू मात्र हुन्‌। पुरातन थेबेसको एक भागमा अहिले आधुनिक शहर लक्जर अवस्थित छ भने, यसका भग्नावशेषहरूमा अन्य स-साना गाउँहरू बसालिएका छन्‌।

मेमफिसको सन्दर्भमा कुरा गर्ने हो भने, यसका चिहानहरूबाहेक केही पनि बाँकी छैन। बाइबलविद्‌ लुइस गोल्डिङ यसो भन्छन्‌: “शताब्दीयौंसम्म मिश्रका अरबी विजेताहरूले मेमफिसका विशाल भग्नावशेषहरू नदीको विपरीत दिशामा आफ्नो राजधानी [काइरो] निर्माण गर्न निमार्ण सामग्रीको रूपमा प्रयोग गरे। नील नदीको तटमा काम गर्ने तथा अरबी कामदारहरूको काम यत्ति राम्रो थियो कि पुरातन शहरको क्षेत्रभित्र पर्ने कयौं किलोमिटर टाढासम्म पनि कालो माटोमाथि एउटा सानो ढुंगासमेत माथि उठेको छैन।” साँच्चै, बाइबलमा भविष्यवाणी गरिएझैं मेमफिस “बासिन्दा नभएको भत्केको ढेर” भयो।—यर्मिया ४६:१९.

बाइबल भविष्यवाणीहरू कत्तिको अचूक रूपमा पूरा हुन्छन्‌ भनी देखाउने थुप्रै उदाहरणहरूमध्ये यी त दुईवटा मात्र हुन्‌। थेबेस र मेमफिस उजाड भएको घटनाले हामीलाई पूरा हुन बाँकी बाइबल भविष्यवाणीहरूमा भरोसा गर्ने ठोस कारण प्रदान गर्छ।—भजन ३७:१०, ११, २९; लूका २३:४३; प्रकाश २१:३-५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने