प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ९/१ पृ. ३२
  • गरिबहरूका लागि वास्तविक मदत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गरिबहरूका लागि वास्तविक मदत
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ९/१ पृ. ३२

गरिबहरूका लागि वास्तविक मदत

परमेश्‍वरको पुत्र, येशू ख्रीष्ट पृथ्वीमा हुनुहुँदा गरिबहरूलाई मदत गर्ने सन्दर्भमा उहाँले साँचो चासो देखाउनुभयो। येशूको सेवकाईबारे एक जना प्रत्यक्षदर्शीले यस्तो अवलोकन गरे: “अन्धाहरू देख्तछन्‌, र लंगडाहरू हिंडदछन्‌। कोरीहरू शुद्ध पारिएकाछन्‌। बहिराहरू सुन्छन्‌। मरेकाहरू बिउँझाइन्छन्‌, र दरिद्रहरूलाई सुसमाचार सुनाइन्छ।” (मत्ती ११:५) तथापि, आजका लाखौं गरिब मानिसहरूबारे के भन्‍न सकिन्छ? के उनीहरूका लागि कुनै सुसमाचार छ? हो, आशाको सन्देश छ!

साधारणतया संसारले गरिब मानिसहरूलाई अक्सर बेवास्ता गर्नुका साथै उनीहरूलाई बिर्से तापनि परमेश्‍वरको वचन, बाइबलले यस्तो प्रतिज्ञा गर्छ: “दरिद्रहरूलाई सधैंभरि बिर्सनुहुनेछैन। नम्रहरूको आशा सदाको निम्ति नष्ट हुनेछैन।” (भजन ९:१८) यी सान्त्वनादायी शब्दहरूको पूर्ति, सारा मानव शासनको ठाउँमा परमेश्‍वरको राज्य अर्थात्‌ एक वास्तविक स्वर्गीय सरकारले शासन गर्न थालेपछि हुनेछ। (दानियल २:४४) त्यस स्वर्गीय सरकारको राजाको हैसियतमा येशूले “कमजोर र दरिद्रलाई . . . टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ। र उसको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य हुनेछ।”—भजन ७२:१३, १४.

ख्रीष्टले पृथ्वीमा शासन गर्नुहुँदा जीवनस्तर कस्तो हुनेछ? ख्रीष्टको शासनअन्तर्गत बाँच्ने मानिसहरूले आफ्नो मेहनतको मीठो फल चाख्न पाउनेछन्‌। मीका ४:३, ४ मा बाइबल यसो भन्छ: “तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन, किनभने सेनाहरूका परमप्रभुको मुखलेनै यो कुरो भनेको छ।” परमेश्‍वरको राज्यले रोगबिमार र मृत्युजस्ता समस्याहरूको समेत समाधान गर्नेछ। (यशैया २५:८) त्यो कत्ति भिन्‍न संसार हुनेछ! हामी यी बाइबल प्रतिज्ञाहरूमा विश्‍वास गर्न सक्छौं किनभने ती स्वयम्‌ परमेश्‍वरद्वारा प्रेरित भएका हुन्‌।

बाइबलले आशाको सन्देश दिनुको अलावा हामीलाई दैनिक जीवनका चुनौतीहरू जस्तै, गरिबीको कारण उत्पन्‍न हुन सक्ने आत्म-सम्मानको कमीमाथि विजयी हुन मदत दिन सक्छ। परमेश्‍वरको नजरमा आफ्नो पनि धनी मसीहीको जत्तिकै महत्त्व छ भनेर गरिब मसीहीले व्यक्‍तिगत बाइबल अध्ययनद्वारा बुझ्छ। बाइबल पुस्तक, अय्यूबले बताएअनुसार परमेश्‍वरले “उच्च स्थानमा रहनेहरूलाई विशेष निगाह देखाउनुहुन्‍न, . . . सबै ता एकै समान परमेश्‍वरले सृष्टि गर्नुभएका प्राणी हुन्‌।” (अय्यूब ३४:१९) परमेश्‍वरले दुवैलाई बराबर माया गर्नुहुन्छ।—प्रेरित १०:३४, ३५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने