प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ९/१५ पृ. ३२
  • जब प्रतिज्ञाहरू ग्यारेन्टी हुन्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जब प्रतिज्ञाहरू ग्यारेन्टी हुन्छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ९/१५ पृ. ३२

जब प्रतिज्ञाहरू ग्यारेन्टी हुन्छन्‌

इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने, पूरा नगरिएका प्रतिज्ञाहरू थुप्रै छन्‌। राष्ट्रहरूले अक्सर औपचारिक रूपमा हस्ताक्षर गरेका असंलग्न नीतिहरू तोडेका छन्‌ जसले गर्दा जनता भयानक युद्धहरूमा धकेलिएका छन्‌। नेपोलियनले एक चोटि यस्तो टिप्पणी गरे: “सरकारहरू बाध्य हुँदा वा फाइदा हुने बेलामा मात्र आफ्ना प्रतिज्ञाहरू पूरा गर्छन्‌।”

व्यक्‍तिविशेषहरूले गर्ने प्रतिज्ञाहरूबारे के भन्‍न सकिन्छ? कुनै व्यक्‍तिले आफ्नो वचन पूरा नगर्दा कत्ति निराशाजनक हुन्छ! विशेष गरी त्यो व्यक्‍ति तपाईंले चिनेको र भरोसा गरेको हो भने। निस्सन्देह, मानिसहरू कि आफ्ना प्रतिज्ञाहरू पूरा गर्न असमर्थ छन्‌ या त अनिच्छुक छन्‌।

मानव र ईश्‍वरीय प्रतिज्ञाबीच कस्तो भिन्‍नता! परमेश्‍वरका प्रतिज्ञाहरू पूर्णतया भरपर्दा र भरोसायोग्य छन्‌। यहोवा परमेश्‍वरका सबै प्रतिज्ञाहरू एउटा ग्यारेन्टी हो। यो अवश्‍य पूरा हुनेछ। परमेश्‍वरको अचूक वचनलाई संकेत गर्दै यशैया ५५:११ यस्तो उल्लेख गर्छ: “त्यसरीनै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।”

त्यसोभए, हामीले बाइबलमा लिपिबद्ध परमेश्‍वरका प्रतिज्ञाहरूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? हामी त्यसमा निश्‍चय भर पर्न सक्छौं। उदाहरणका लागि, प्रेरित यूहन्‍नाले यस्तो लेखे: “हेर, परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्‌। औ परमेश्‍वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” (प्रकाश २१:३, ४) तपाईंले येशूका शब्दहरूअनुरूप व्यवहार गर्नुभयो भने तपाईंले त्यस्ता आशिष्‌हरूको आनन्द उठाउन सक्नुहुन्छ: “अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।”—यूहन्‍ना १७:३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने