प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 १०/१ पृ. ३२
  • के तपाईंले ‘सुइरोमा लात हानिरहनुभएको’ छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंले ‘सुइरोमा लात हानिरहनुभएको’ छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 १०/१ पृ. ३२

के तपाईंले ‘सुइरोमा लात हानिरहनुभएको’ छ?

बाइबलकालीन समयमा, गोरु धपाउने सुइरो अर्थात्‌ साधारणतया टुप्पोमा एकदमै तीखो धातुको कीला भएको लामो छडी, भारी तान्‍ने जनावरहरूलाई धपाउन र ठीक बाटोमा हिंडाउन प्रयोग गरिन्थ्यो। यदि जनावरले अटेर गर्दै ठेलेर सुइरोको घोचाइलाई प्रतिरोध गरेको खण्डमा परिणाम कस्तो हुन्थ्यो? सन्चो महसुस हुनुको सट्टा यसले उसैलाई अझ कष्ट दिन्थ्यो।

येशूका केही चेलाहरूलाई पक्रन गइरहेका शावल भन्‍ने व्यक्‍तिसामु देखा परेका पुनरुत्थान हुनुभएका येशू ख्रीष्टले सुइरोबारे कुरा गर्नुभयो। आँखै तिरमिराउने ज्योतिमाझबाट येशूले यसो भन्‍नुभएको शावलले सुने: “ए शावल, तिमी किन मेरो खेदो गर्दछौ? सुइरोमा लात हान्‍न तिमीलाई कठिन छ।” मसीहीहरूलाई दुर्व्यवहार गरेर शावलले वास्तवमा परमेश्‍वरविरुद्ध लड्‌नुका साथै आफैलाई हानि पुऱ्‍याउने मार्ग पछ्याइरहेका थिए।—प्रेरित २६:१४.

के हामीले पनि अनायासै “सुइरोमा लात” हानिरहेका हुन सक्छौं? बाइबलले “बुद्धिमानका वचनहरू[लाई]” लाठो वा सुइरोसित तुलना गर्छ, जसले हामीलाई सही दिशामा अघि बढ्‌न प्रेरित गर्छ। (उपदेशक १२:११) परमेश्‍वरको वचनमा पाइने प्रेरित सल्लाहले हामीलाई उत्प्रेरित गर्नुका साथै ठीक तरिकामा डोऱ्‍याउन सक्छ—तर हामीले यसो हुन दियौं भने मात्र। (२ तिमोथी ३:१६) यसको उत्प्रेरणालाई प्रतिरोध गर्दा हाम्रै हानि मात्र हुन्छ।

शावलले येशूका कुराहरू हृदयंगम गरे, आफ्नो जीवन शैली परिवर्तन गरे र प्रिय मसीही प्रेरित पावल भए। ईश्‍वरीय सल्लाह पालन गर्दा हामी पनि त्यस्तै चिरकालीन आशिष्‌हरू प्राप्त गर्नेछौं।—हितोपदेश ३:१-६.

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

L. Chapons/Illustrirte Familien-Bibel nach der deutschen Uebersetzung Dr. Martin Luthers

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने