प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 १०/१५ पृ. ३२
  • “समान भएर एउटै हलोमा नजोतियौ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “समान भएर एउटै हलोमा नजोतियौ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 १०/१५ पृ. ३२

“समान भएर एउटै हलोमा नजोतियौ”

यहाँ चित्रमा देखाइएझैं, उँट र गोरु सँगै नारेर जोतिरहेको कत्ति असजिलो देखिन्छ। उस्तै, उत्रै र उस्तै बल भएका दुइटा जनावरको लागि तयार पारिएको जुवामा तिनीहरूलाई सँगै नार्दा दुवै पशुलाई कष्ट हुन्छ। यस्ता भारी बोक्ने जनावरहरूको विषयमा परमेश्‍वरले इस्राएलीहरूलाई यसो भन्‍नुभयो: “गोरु र गधासँगै नारेर जोत्नुहुँदैन।” (व्यवस्था २२:१०) यही सिद्धान्त गोरु र उँटको सन्दर्भमा पनि लागू हुन्छ।

साधारणतया, एक जना कृषकले यस किसिमको कठिनाइ आफ्ना जनावरहरूमाथि लाद्‌न चाहँदैन। तर तिनीसित दुइटा गोरु नभएको खण्डमा, तिनले आफूसित भएको दुइटा जनावर नै जोत्न सक्छन्‌। स्पष्टतया, चित्रमा देखाइएको १९ औं शताब्दीको कृषकले त्यसै गर्ने निर्णय गरेको हुनुपर्छ। तिनीहरूको साइज र वजनको भिन्‍नताले गर्दा, कमजोर जनावरले सँगसँगै हिंडिरहन निकै संघर्ष गर्नुपर्ने हुन्छ भने, बलियोले चाहिं बढी भार थाम्नुपर्ने हुन्छ।

एउटा महत्त्वपूर्ण पाठ सिकाउन प्रेरित पावलले असमान हलोको उदाहरण चलाए। तिनले यस्तो लेखे: “विश्‍वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ, किनकि धर्म र अधर्मको के संसर्ग हुन्छ? कि अँध्यारोसित उज्यालोको के सङ्‌गति?” (२ कोरिन्थी ६:१४) एक जना मसीही कसरी असमान हलोमा जोतिन सक्छ?

एक जना मसीहीले आफ्नोजस्तै समान विश्‍वास नभएको वैवाहिक जोडी छान्दा यस्तो हुन सक्छ। यस्तो मिलन दुवैका लागि असजिलो साबित हुनेछ किनभने आधारभूत कुराहरूमै पति पत्नीको कुरा नमिल्न सक्छ।

यहोवाले विवाहको सुरुवात गर्नुहुँदा पत्नीलाई “एउटा सहयोगी[को]” भूमिका दिनुभएको थियो। (उत्पत्ति २:१८) त्यस्तै गरी, अगमवक्‍ता मलाकीमार्फत परमेश्‍वरले पत्नीलाई “जीवन-साथी” भनेर संकेत गर्नुभयो। (मलाकी २:१४) हाम्रा सृष्टिकर्ता वैवाहिक जोडीहरूले सुख-दुःख एक-आपसमा बाँड्‌दै र दुवैले त्यसका लाभहरू पनि उपभोग गर्दै, एउटै आध्यात्मिक निर्देशनतर्फ मिलीजुली अघि बढेको चाहनुहुन्छ।

“प्रभुमा मात्र” विवाह गरेर एक जना मसीहीले हाम्रा स्वर्गमा हुनुहुने पिताको सल्लाहप्रति आदर देखाउँछन्‌। (१ कोरिन्थी ७:३९) यसले एकताबद्ध विवाहको लागि आधार बसाल्छ, जसले परमेश्‍वरको प्रशंसा गर्नुका साथै उहाँको महिमा गर्न सक्छ किनभने पति पत्नी दुवैले विशेष अर्थमा “सच्चा जोडीदार” भएर परमेश्‍वरको सेवा गर्छन्‌।—फिलिप्पी ४:३.

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

Camel and ox: From the book La Tierra Santa, Volume 1, 1830

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने