प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ११/१५ पृ. २७
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका साक्षीहरू किन जन्मदिन मनाउँदैनन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • १३. के सबै किसिमको चाडपर्व तथा उत्सव परमेश्‍वरलाई स्वीकार्य छ?
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने उत्सव तथा पर्वहरू
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • अन्धविश्‍वास—किन अहिलेसम्म रहिरहेको?
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ११/१५ पृ. २७

पाठकहरूका प्रश्‍नहरू

बर्थस्टोन अर्थात्‌ जन्म महिनाअनुसार लगाइने मणि प्रयोग गर्ने सन्दर्भमा मसीहीहरूले कस्तो दृष्टिकोण राख्नुपर्छ?

कुनै-कुनै संस्कृतिमा बर्थस्टोन मानिसको जन्म महिनाअनुसार राख्ने गरिन्छ। एक जना मसीहीले कुनै खास किसिमको मणि जडित औंठी लगाओस्‌ वा नलगाओस्‌, त्यो व्यक्‍तिगत निर्णयको कुरा हो। (गलाती ६:५) यस्तो निर्णय गर्दा विचार गर्नुपर्ने केही महत्त्वपूर्ण पक्षहरू छन्‌।

इन्साइक्लोपीडिया ब्रिटानिका-ले बताएअनुसार बर्थस्टोन अर्थात्‌ जन्म महिनाअनुसार लगाइने मणि भनेको “कुनै व्यक्‍तिको जन्मतिथिसित सम्बन्धित एउटा मणि हो, जुन लगाउँदा भाग्य वा स्वास्थ्य राम्रो हुन्छ भन्‍ने सोचाइ राखिन्छ।” यही सन्दर्भ-सामग्री अझ यसो भन्छ: “कुनै-कुनै मणिहरूमा अलौकिक शक्‍ति हुन्छ भनेर धेरै अघि देखि ज्योतिषीहरूले विश्‍वास गर्दै आएका छन्‌।”

बर्थस्टोन लगाउने मानिसको भाग्य राम्रो हुन्छ भनेर विशेष गरी प्राचीन समयका थुप्रै मानिसहरूले विश्‍वास गर्थे। के साँचो मसीहीले यसमा विश्‍वास गर्छन्‌? अहँ, गर्दैनन्‌ किनभने यहोवालाई त्याग्ने र “भाग्यदेव[मा]” भरोसा राख्नेहरूलाई उहाँले तिरस्कार गर्नुभयो भन्‍ने कुरा तिनले बुझेका हुन्छन्‌।—यशैया ६५:११.

मध्ययुगको दौडान, जोखाना हेर्नेहरूले वर्षको हरेक महिनाको लागि एउटा मणि रोज्थे। हुन सक्छ, हानि-नोक्सानीदेखि जोगाउन तिनीहरूले मानिसहरूलाई आफ्नो जन्म महिनाको मणि लगाउन प्रोत्साहित गर्थे। तर भावी बताउने पेसेवरहरूले जे-जे भन्छन्‌ त्यसै गर्नु मसीहीहरूका लागि धर्मशास्त्रीय दृष्टिकोणबाट गलत हुनेछ किनभने बाइबलले त्यस्ता व्यक्‍तिहरूको भर्त्सना गर्छ।—व्यवस्था १८:९-१२.

त्यस्तै गरी औंठीमा बर्थस्टोन भएको कारण यसलाई विशेष महत्त्वको ठान्‍नु पनि मसीहीहरूको लागि उपयुक्‍त हुनेछैन। यहोवाका साक्षीहरूले जन्मदिन मनाउँदैनन्‌। किनभने यस्ता चाडपर्वहरूले व्यक्‍तिविशेषलाई ज्यादै महत्त्व दिन्छन्‌ र बाइबलमा रेकर्ड गरिएका जन्मदिनहरू पनि परमेश्‍वरको सेवा नगर्ने शासकहरूका हुन्‌।—उत्पत्ति ४०:२०; मत्ती १४:६-१०.

कोही-कोही मानिसहरू बर्थस्टोन जडित औंठी लगाउँदा त्यसले लगाउने व्यक्‍तिको व्यक्‍तित्वमा निकै राम्रो प्रभाव पार्छ भन्‍ने सोचाइ राख्छन्‌। तथापि, साँचो मसीहीहरूले यस्तो कुरामा विश्‍वास गर्दैनन्‌ किनभने ‘नयाँ व्यक्‍तित्व’ त परमेश्‍वरको पवित्र आत्माको प्रभावमा र धर्मशास्त्रीय सिद्धान्तहरू लागू गरेर धारण गरिन्छ भन्‍ने कुरा तिनीहरूलाई थाह छ।—एफिसी ४:२२-२४.

एउटा अत्यन्तै महत्त्वपूर्ण कुरा भनेको मनसाय हो। बर्थस्टोन जडित औंठी लगाउने कि नलगाउने भन्‍ने सन्दर्भमा निर्णय गर्दा एक जना मसीहीले आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छन्‌, ‘यसलाई बर्थस्टोन भन्‍ने गरिए तापनि मलाई मणि एकदमै मनपर्ने भएकोले यो औंठी लगाउन चाहेको हुँ वा यस्ता मणिहरूको सन्दर्भमा कोही-कोही मानिसहरू जस्तै के म केही मात्रामा भए पनि अन्धविश्‍वासबाट प्रभावित भएको छु?’

एक जना मसीहीले आफ्नो मनसाय बुझ्न आफ्नो हृदय जाँच्नुपर्छ। धर्मशास्त्र यसो भन्छ, “कुनै मूल्यवान वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख्‌, किनभने त्यो सारा जीवनको मूल हो।” (हितोपदेश ४:२३) बर्थस्टोनसम्बन्धी निर्णय गर्दा हरेक मसीहीले आफ्नो मनसाय र आफ्नो कार्यले आफू र अरू मानिसहरूलाई पार्न सक्ने सम्भाव्य असरहरूबारे विचार गर्नु बेस हुनेछ।—रोमी १४:१३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने