प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ११/१५ पृ. ३२
  • अपराधरहित संसार नजिकै छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अपराधरहित संसार नजिकै छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ११/१५ पृ. ३२

अपराधरहित संसार नजिकै छ

सक्नुहुन्छ भने, अपराधीहरूरहित संसारको कल्पना गर्नुहोस्‌! त्यहाँ प्रहरी, जेल वा महँगा तथा जटिल आपराधिक कानुनी व्यवस्थाहरूको आवश्‍यकता पर्नेछैन। यो हरेक व्यक्‍तिविशेषले अरूको जीवन र सम्पत्तिको आदर गर्ने संसार हुनेछ। के यो कुरा पत्याउनै नसकिने किसिमको देखिन्छ? तपाईंलाई त्यस्तै लाग्न सक्छ, तर यो अद्‌भुत परिवर्तन बाइबलले प्रतिज्ञा गरेको कुरासित ठ्याक्क मेल खान्छ। अपराध तथा यस पृथ्वीमा भएका अन्य दुष्ट कुराहरूबारे धर्मशास्त्रमा गरिएको भविष्यवाणी जाँचिहेरे कसो होला?

भजनको पुस्तकमा हामी यस्तो लेखिएको पाउँछौं: “कुकर्मीहरूको कारण व्याकुल नहो, नता अधर्म गर्नेहरूका विरुद्धमा डाह गर्ने हो। किनकि तिनीहरू चाँड़ैनै घाँसझै काटिनेछन्‌, र हरियो झारझैं ओइलाउनेछन्‌। तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।” (भजन ३७:१, २, ११) साँच्चै, यो प्रतिज्ञा तथा अन्य सम्पूर्ण हृदयस्पर्शी प्रतिज्ञाहरू पूरा गर्नदेखि परमेश्‍वरलाई कसैले पनि रोक्न सक्दैन।

यी आशिष्‌हरू ल्याउने परमेश्‍वरको माध्यम उहाँको राज्य हो। प्रभुको प्रार्थनामा येशू ख्रीष्टले आफ्ना अनुयायीहरूलाई यो राज्य आओस्‌ र परमेश्‍वरको इच्छा “स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌” भनेर प्रार्थना गर्न सिकाउनुभयो। (मत्ती ६:९, १०) चाँडै, त्यस राज्यअन्तर्गत पृथ्वीमा भएका कुनै पनि व्यक्‍ति गरिबी, अत्याचार वा स्वार्थको कारण अपराध गर्न उन्मुख हुनेछैन। बरु, परमेश्‍वरको वचन यसो भन्छ: “पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्‍न हुनेछ। त्यसको फल लबानोनको देवदारूझैं हल्लिनेछन्‌।” (भजन ७२:१६) निस्सन्देह, यहोवा परमेश्‍वरले पृथ्वीमा भएका सबै जनालाई निरन्तर असल-असल थोकहरू प्रदान गरिरहनुहुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा त, परमेश्‍वर र छिमेकीप्रतिको प्रेमले मानव समाज ओतप्रोत हुनेछ र अपराधले फेरि संसारलाई कहिल्यै आतंकित पार्नेछैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने