प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 १२/१ पृ. ३-४
  • किन तिनीहरू चर्च जान्छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • किन तिनीहरू चर्च जान्छन्‌?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 १२/१ पृ. ३-४

किन तिनीहरू चर्च जान्छन्‌?

“अहिले गणतन्त्र कोरियामा, अमेरिकामा भन्दा लगभग चार गुणा बढी प्रेसबाइटेरियनहरू छन्‌।” न्युजविक पत्रिकामा दिइएको उक्‍त विवरणले थुप्रै पाठकहरूलाई चकित पारेको हुनुपर्छ किनभने अधिकांश मानिसहरू कोरिया भनेको कन्फुसियस वा बौद्ध धर्मको बाहुल्यता भएको देश हो भन्ठान्छन्‌। आज, कुनै पनि पर्यटकले त्यहाँ साधारणतया रातो नियन क्रूसहरूले चित्रित थुप्रै “मसीही” चर्चहरू पाउनेछन्‌। आइतबारका दिन, हातमा बाइबल च्यापेर दुई-दुई वा तीन-तीन जनाको समूह बनाएर मानिसहरू चर्च गइरहेको देख्नु सामान्य कुरा हो। सन्‌ १९९८ मा गरिएको सर्वेक्षणअनुसार, बौद्ध धर्मावलम्बी भनौदाहरूभन्दा बढी अर्थात्‌ झन्डै ३० प्रतिशत कोरियालीहरू कि त क्याथोलिक नभए प्रोटेस्टेन्ट चर्च जाने गर्छन्‌।

आजकल, कुनै पनि ठाउँमा यत्ति धेरै प्रतिशत मानिसहरू नियमित रूपमा चर्च गइरहेको देख्नु अनौठो कुरा हो। तैपनि कोरियामा मात्र होइन तर अन्य एसियाली मुलुकहरूका साथसाथै अफ्रिका र ल्याटिन अमेरिकामा पनि यस्तै भइरहेको छ। धर्मप्रतिको भावशून्यता र उदासीनता पृथ्वीभरि नै व्याप्त हुँदासमेत किन थुप्रै मानिसहरू परमेश्‍वरमा विश्‍वास गरेको दाबी गर्छन्‌? किन तिनीहरू चर्च जान्छन्‌?

ग्यालप सर्वेक्षणले देखाएअनुसार कोरियामा चर्च जाने मानिसहरूमध्ये आधाभन्दा बढीले मनोशान्ति खोजिरहेका छन्‌; लगभग एक तिहाइ मानिसहरूले मृत्युपछि अनन्त जीवनको आशा राख्छन्‌; र १० मध्ये १ जनाले चाहिं स्वास्थ्य, धनसम्पत्ति र सफलताको आशा गर्दछन्‌।

पुँजीवादी आकांक्षाले साम्यवादी विचारधारालाई बिस्तारै विस्थापित गर्दै लगेपछि उत्पन्‍न आध्यात्मिक शून्यता पूर्ति गर्ने केही कुराको आशामा चीनमा थुप्रै मानिसहरू चर्चमा ओइरिरहेका छन्‌। हरेक वर्ष, चीनमा बाइबलका लाखौं प्रतिहरू छापिन्छन्‌ र वितरण गरिन्छन्‌ अनि माओको सानो रातो किताब जुन उत्साहका साथ पढ्‌थे, त्यही उत्साहका साथ मानिसहरूले यसलाई पनि पढ्‌ने गरेको देखिन्छ।

ब्राजिलमा विशेष गरी युवा पुस्ताका कोही-कोही क्याथोलिकहरू भविष्यमा प्राप्त हुने आनन्दको प्रतिज्ञासित त्यति सन्तुष्ट छैनन्‌, तिनीहरू अहिल्यै आनन्द उठाउन चाहन्छन्‌। ट्युडु खबरपत्रिका यसो भन्छ: “सन्‌ १९७० दशकमा मुक्‍तिको धर्म सिद्धान्तले मानिसहरूको हृदय अनि मनलाई उत्प्रेरित गरेको थियो भने, आज समृद्धिको धर्म सिद्धान्तले उत्प्रेरित गरेको छ।” बेलाइतमा गरिएको सर्वेक्षणको दौडान चर्चमा उपस्थित हुने व्यक्‍तिहरूलाई आफ्नो चर्चको एउटा मनपर्ने कुरा बताउन लगाइएको थियो। प्रायजसोले त्यहाँको संगति भनेर जवाफ दिए।

यी सम्पूर्ण कुराले के देखाउँछ भने, थुप्रै मानिसहरूले अझै परमेश्‍वरमा विश्‍वास गर्ने भए तापनि अधिकांश मानिसहरू भविष्य वा स्वयम्‌ परमेश्‍वरबारे भन्दा वर्तमानमा बढी चासो राख्छन्‌। तपाईंको विचारमा परमेश्‍वरमा विश्‍वास गर्नुको सही कारण के होला? यस विषयमा बाइबलले के भन्छ? अर्को लेखमा तपाईंले यसको जवाफ पाउनुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने