प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 १२/१५ पृ. ३
  • येशूको परिवार तिनीहरू को थिए?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूको परिवार तिनीहरू को थिए?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • येशूकी आमाको उदाहरणबाट हामी के सिक्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • येशूको मानव परिवारबाट सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • तिनले तरवारको चोट सहिन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • नासरतमा हुर्कनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 १२/१५ पृ. ३

येशूको परिवार तिनीहरू को थिए?

संसारका थुप्रै भागहरूमा, डिसेम्बर महिनाको दौडान तपाईं अक्सर आमा मरियम र धर्मपिता, यूसुफको कोमल हेरचाहमा शिशु येशूका तसबिरहरू देख्न सक्नुहुन्छ। यस्ता पारिवारिक तसबिरहरूले मसीही धर्म नमान्‍ने व्यक्‍तिहरूलाई समेत आकर्षित गर्छ। यी तसबिरहरूमा विशेष गरी येशूलाई महत्त्व दिइने भएकोले, येशूको मानव परिवारबारे धर्मशास्त्रले हामीलाई के बताउँछ?

येशूको पारिवारिक पृष्ठभूमि एकदमै रोचक थियो। उहाँको जन्म कुमारी मरियमको कोखबाट भएको थियो र त्यसरी उहाँ मानव परिवारको एक जना सदस्य हुनुभयो। बाइबलअनुसार, पवित्र आत्माद्वारा उहाँको जीवन स्वर्गबाट मरियमको गर्भमा सारिएको थियो। (लूका १:३०-३५) येशूलाई चमत्कारी ढंगमा गर्भमा सारिएको घोषणा गर्नुअघि मरियमको मगनी यूसुफ भन्‍ने व्यक्‍तिसित भइसकेको थियो, जो पछि येशूका धर्मपिता हुने थिए।

येशूको जन्मपछि यूसुफ र मरियमका अरू छोराछोरीहरू पनि भए अर्थात्‌ येशूका सौतेनी भाइबहिनीहरू। यो कुरा, पछि नासरीका बासिन्दाहरूले येशूलाई सोधेका प्रश्‍नबाट छर्लङ्‌ग हुन्छ: “के यिनी मरियमको छोरो, र याकूब यासेस, यहूदा, र शिमोनका दाज्यू, सिकर्मी होइनन्‌? के यिनका बहिनीहरू यहाँ हामीसित छैनन्‌ र?” (मत्ती १:२५; १३:५५, ५६; मर्कूस ६:३) यसबाट हामी येशूको परिवारमा उहाँका आमाबाबु, चार जना भाइ र कम्तीमा दुई जना बहिनी थिए भन्‍ने निष्कर्षमा पुग्न सक्छौं।

तथापि, येशूका भाइबहिनीहरू यूसुफ र मरियमका छोराछोरी थिए भन्‍ने कुरा आज कसै-कसैले त विश्‍वासै गर्दैनन्‌। किन? न्यु क्याथोलिक इन्साइक्लोपीडिया यसो भन्छ: “सुरुदेखि नै चर्चले मरियम सधैं कुमारी रहिरहिन्‌ भनेर सिकायो। यस कुरालाई विचार गर्दा, मरियमका अरू छोराछोरी भएनन्‌ भन्‍ने कुरामा कुनै शंका नै रहँदैन।” यही सन्दर्भ-सामग्री अझ के पनि भन्छ भने, “भाइ” र “बहिनी” भन्‍ने शब्दले “धर्म वा अन्य कुनै कारण एकतामा बाँधिएको व्यक्‍तिविशेष” वा आफन्त, नातेदारलाई बुझाउन सक्छ।

के साँच्चै त्यस्तो हुन सक्छ र? कोही-कोही क्याथोलिक धर्मविद्‌हरू समेत यस परम्परागत सिद्धान्तमा असहमति जनाउँदै येशूका साक्खे भाइबहिनीहरू थिए भन्‍ने कुराको समर्थन गर्छन्‌। क्याथोलिक बाइबल असोसिएसन अफ अमेरिकाका भूतपूर्व अध्यक्ष, जोन पी. मायरले यस्तो लेखे: “[नयाँ] [नियम]-मा अडेलपोस [भाइ] शब्दलाई, लाक्षणिक वा रूपकको रूपमा मात्र प्रयोग गरिएको थिएन तर एक किसिमको शारीरिक वा कानुनी सम्बन्धलाई बुझाउन प्रयोग गरिएको थियो अर्थात्‌ साक्खे वा सौतेनी दाजु वा भाइ बुझाउन मात्र प्रयोग गरिएको थियो, अरू केही होइन।”a हो, यूसुफ र मरियमबाट जन्मेका येशूका भाइबहिनीहरू थिए भनी धर्मशास्त्रले संकेत गर्छ।

सुसमाचारका पुस्तकहरूले येशूका अरू नातेदारहरूबारे पनि बताउँछ तर अहिले चाहिं हामी विशेष गरी येशूको आफ्नै परिवारलाई ध्यान देऔं र तिनीहरूबाट हामी के सिक्न सक्छौं, हेरौं।

[फुटनोट]

a “द ब्रदर एण्ड सिस्टर अफ जिजस इन इयुमेनिकल पर्सपेक्टिभ,” जे. पी. मायरद्वारा लिखित द क्याथोलिक बिब्लिकल क्वाटरली, जनवरी १९९२, पृष्ठ २१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने