प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 १/१५ पृ. ३१
  • “एउटा महान्‌ कालिगडी कार्य”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “एउटा महान्‌ कालिगडी कार्य”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 १/१५ पृ. ३१

“एउटा महान्‌ कालिगडी कार्य”

लगभग ३००० वर्ष पहिले, राजा सुलेमानले शासन गरिरहेको बेला यरुशलेममा यहोवाको मन्दिर निर्माण गरिंदा तामाको एउटा सुन्दर पानी ट्याङ्‌की निर्माण गरियो र यसलाई मन्दिरको प्रवेशद्वार बाहिर राखियो। यसको तौल ३० टनभन्दा बढी हुनुका साथै लगभग ४०,००० लिटर पानी अटाउन सक्ने क्षमता थियो। यो विशाल भाँडोलाई खड्‌कुँलो भनिन्थ्यो। (१ राजा ७:२३-२६) क्यानाडा राष्ट्रिय अनुसन्धान परिषद्‌का भूतपूर्व प्राविधिक अधिकृत, अल्बर्ट ज्युडहोफ बिब्लिकल आर्कियोलोजिष्ट (अंग्रेजी) नामक पत्रिकामा यसो भन्छन्‌, “यसलाई हिब्रू राष्ट्रमा गरिएको एउटा महान्‌ कालिगडी कार्य भन्‍नुमा शङ्‌का गर्नुपर्ने कुनै ठाउँ छैन।”

यो विशाल खड्‌कुँलो कसरी निर्माण गरियो? बाइबल यसो भन्छ, “राजाले ती यर्दनको मैदानमा . . . भएको धातु गलाउने साँचा-घरमा [तामाका भाँडाकुँडाहरू] ढालेर बनाए।” (१ राजा ७:४५, ४६) ज्युडहोफ यसो भन्छन्‌, “उक्‍त ढाल्ने काम आज ठूल्ठूला काँसाको घण्टी बनाउँदा अपनाइने पद्धति जस्तै हुनुपर्छ।” उनी अझै भन्छन्‌: “पूर्णतया सुकेको साँचोमा खड्‌कुँलो आकारको मैनको नमुनालाई उल्टाएर राखिन्छ। . . . त्यसपछि, धातु पगाल्ने व्यक्‍तिले मैनको नमुनामाथि माटोको अर्को एउटा लेप तयार पार्छ र यसलाई सुक्न दिन्छ। अन्तिम प्रक्रिया चाहिं मैनलाई पगाल्ने र खाली ठाउँमा तरल काँसालाई खन्याउनु हो।”

बडेमाको आकार र धेरै तौल भएको खड्‌कुँलो निर्माण गर्दा धेरै कौशलता चाहिन्थ्यो। भित्रको आवरण तथा बाहिरको साँचोले पग्लेको अवस्थामा रहेका करिब ३० टन तामाको दबाब थाम्न सक्नुपर्थ्यो र चर्काइ अथवा त्रुटि हुन नदिन ढाल्ने काम एकै पटकमा सिध्याउनुपर्थ्यो। पगालेको धातु साँचोमा खन्याउनको लागि सम्भवतः आगोका भट्टीहरू थुप्रै हुनुपर्थ्यो। कस्तो विशाल कार्य!

मन्दिर उद्‌घाटनको समयमा राजा सुलेमानले यसो भन्दै आफ्नो प्रार्थनामा मन्दिर निर्माणका सम्पूर्ण कामहरूको श्रेय यहोवा परमेश्‍वरलाई दिए: “आफ्ना कामहरूद्वारा तपाईंले . . . भन्‍नुभएको वचन पूरा गर्नुभयो।”—१ राजा ८:२४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने